आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचनमा आउन पूर्वराजालाई प्रमकाे चुनौती

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
निर्वाचनमा आउन पूर्वराजालाई प्रमकाे चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम  । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा आउन पूर्वराजालाई चुनौती दिएका छन्। बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको संविधानले राजालाई नचिनेको भन्दै लोकतान्त्रिक विधिबाट चुनाव लडेर कुर्सीमा बस्न चुनौती दिएका हुन्।

उनले भने, ‘हाम्रो संविधानले राजतन्त्र चिन्दैन। नेपाली जनताले उहिले फालेका राजतन्त्रलाई फेरि कताबाट उदिने र कहाँबाट उदिनेर ल्याउने हो, खै कहाँबाट ल्याएर कुर्सीमा राख्छन रे ! मान्छे कुर्सीमा बस्दाखेरी राजा हुने रे ! अनि तपाईहरु पनि त कुर्सीमै बस्नुभएको छ, राजा हुनुभयो ?’

प्रधानमन्त्री ओलीले कुर्सीमा बस्न पूर्वराजालाई संविधानको बाटो भएर चुनाव लड्न आग्रह गरे।

‘छाया सारेर होइन लोकप्रिय हुनुहुन्छ भने आफूलाई अगाडि सर्नुस् न चुनाव लड्नुस जहाँ पनि चुनाव लड्न खुला छँदै छ’, उनले अगाडि भने, ‘पार्टी खोल्नुस् खुलेको पार्टीलाई मेरो भन्नुस्। अलि अलि अलि टाउको निकाल्ने निकाल्ने जस्तो गर्ने अनि अफ्टयारो परेपछि कछुवा तालले टाउको लुकाउने ?’ प्रधानमन्त्री ओलीले अब यो देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने, जुन क्षमता भए पनि रैती भएर बस्ने त्यस्तो व्यवस्था नरहेको बताए।

उनले बेकारको तनाव बढाउने काम कसैले न गर्न आग्रह गरे। ‘संवैधानिक र लोकतान्त्रिक बाटो भएर अगाडि बढ्नुस। अराजकको बाटोबाट, बलमिच्याई, झारीबाट निस्केर, कोही कत्लेआमको बाटो भएर सिंहासनमा बस्छु त्यो कुरा नेपाली जनतालाई स्वीकार्य छैन’, उनले भने।

प्रधानमन्त्री ओलीले पूर्वराजालाई चुनाव लड्न भन्दै भने, ‘जनताले बोलाएको छ भने टेष्ट गर्नुस् २०८४ मा आउनुस्। मधेसबाट लड्नुहुन्छ, कि पहाडबाट लड्नुहुन्छ, कि पूर्वबाट लड्नुहुन्छ कि पश्चिमबाट लड्नुहुन्छ आउनुस्। बिना कसुर मान्छे मार्न पाउने, विना कसुर मान्छेलाई कुटन पाउने, मानव अधिकारको ‘म’ नजान्ने, त्यही राणाशासन फर्काउँछु ठान्नुहुन्छ? अब नेपाली जनताको वौद्धिकता धेरै माथि उठिसकेको छ।’

व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर पूर्वराजाले भ्रम फैलाइरहेको भन्दै भने, ‘यस्ता गाउँमा यस्ता मिल हुन्थ्यो ? यस्तो मिलमा महिला आएर काम गर्न पाउँथ्यो ? यस गाउँमा जसरी बालबालिकाहरु पढन जान्छ त्यसरी जान पाउँथ्यो ? देश अगाडि बढ्दै गएको छ। हामी देशलाई अगाडि बढाउँछौँ।’

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

५ मिनेट अगाडि
नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक