शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

खोसियो रविको अभिव्यक्ति स्वतन्त्रता !

संविधानले दिएको अधिकार कुण्ठित, जनताको मत सम्मानित गर्न नसकेको सरकार

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं÷ चार जिल्लामा सहकारी ठगीको मुद्दा चलाएर पनि धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सरकारले पर्सामा मुद्दा चलाउने भने पनि अहिले मुद्दा दर्ता गर्न हच्किएको छ । रविविरुद्ध सहकारीको रकम अपचलनको विषयमा पर्सामा अस्वाभाविक रुपमा अनुसन्धान लम्ब्याइएको हो ।

सरकारले पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा रविविरुद्ध अनुसन्धान थालेको थियो । रवि प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनसहित ५ वटा सहकारीको रकम लगानी भएको देखिएको थियो । त्यसरी रकम गएको सबै सहकारीको अनियमिततामा रविलाई जिम्मेवार बनाउन सरकारले खोजेको थियो ।

सूर्यदर्शनपछि उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा भएको बचतकर्ताको रकम अनियमितामा अनुसन्धान भएको थियो । पर्सामा भने उनीविरुद्ध मुद्दा दायर हुन बाँकी छ ।

वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको विषयमा यसअघि नै दुईपटक जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भइसकेको छ । पहिलोपटक २३ असोज ०८० मा सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी १३ जनालाई प्रतिवादी बनाई सहकारी ठगी मुद्दा दर्ता गरिएको थियो । पछि २ फागुन ०८० मा अर्को मुद्दा पूरक अभियोगका रूपमा दर्ता भएको थियो । पूरक अभियोगमा पनि प्रतिवादी १३ जना नै छन् ।

सुरु अभियोगमा ४९ जनाको मात्र जाहेरी थियो भने पूरकमा १७९ जनाको जाहेरी राखेर पूरक अभियोग चलाइएको थियो । सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा साढे आठ करोड जम्मा गरेको विषय सुरुमै देखिए पनि ‘प्रमाण अभाव’का कारण गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा उनको कतै पनि सम्बन्ध भेटिएको थिएन । तर, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सरकारको आदेशमा रविको नाममा किटानी जाहेरी दिन लगाई अनुसन्धान थालिएको थियो ।

पर्सा प्रहरीले डेढ महिनाअघि नै रविलगायत विरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सहकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर, सरकारी वकिलले अनुसन्धान पूर्ण नभएको भन्दै फाइल फिर्ता गरिदिएको छ । प्रहरीले त्यसयता अनुसन्धान चलिरहेको र सरकारी वकिल अनुसन्धान प्रतिवेदनको प्रतीक्षामा रहेको बताउँदै आएको छ ।

गृह मन्त्रालयको आदेशमा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन ढिलो गरेको अहिले आरोप लागेको छ । लामिछानेका एक वकिलले चाहिँ मुद्दा दर्ताका लागि सरकार अनुकूल माहोलको पर्खाइ मा बसेको हुन सक्ने प्रतिक्रिया दिएका छन् । रवि स्वयं पनि अहिले मौन छन् । उनी पार्टीको राजनीतिक गतिविधिमा पनि कतै देखिएका छैनन् । पर्सामा अस्वाभाविक रुपमा मुद्दा दर्तामा भइरहेको ढिलाइका कारण पनि अहिले रवि मौन रहेको उनी निकटहरुको भनाइ छ ।

राजनीतिक सक्रियतामा अदालती बन्देज नभए पनि लामिछाने न पार्टी गतिविधिमा देखिएका छन्, न उनले सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । उनको निष्क्रियता र मौनताबारे सार्वजनिक चासो पनि बढिरहेको छ । । रास्वपाका स्रोतका अनुसार पर्साको मुद्दामा थुनछेक आदेश आएपछि पार्टी गतिविधिमा फर्किने तयारी थियो । तर, मुद्दा दर्तामै शंकास्पद विलम्ब गरिएका कारण केही समय उनी निष्क्रिय बसेका छन् । यसले संघीय सांसद जस्तो व्यक्तिलाई मुद्दाको आडमा तर्साउने र बोली बन्द गर्ने प्रयास भएको देखिन्छ । यसले अभिव्यक्ति स्वतन्त्रताको संविधानको मौलिक अधिकार नै हनन भएको स्पष्ट हुन्छ । अर्कोतर्फ दुई पटक प्रभावशाली मतसहित चुनाव जितेका सांसदमाथि सरकारको व्यवहारले उसले जनताको मतको कदर गर्न नसकेको देखिन्छ ।

एकातर्फ सरकारले रविको आवाजलाई बन्द गरेको छ भने अर्कोतर्फ सहकारी पीडितको बचत पनि फिर्ता गर्न सकेको छैन । सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानको लागि भन्दै सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । तर सरकारले दाबी गरेजसरी बचतकर्ताको रकम तत्काल फिर्ता हुने सम्भावना छैन । जब कि अहिलेको मूल मुद्दा यही नै हो । आफूले जम्मा गरेको रकम बचतकर्ताले वर्षौंदेखि पाएका छैनन् । रकम नहुँदा कति बिरामीले उपचार गर्न पाएका छैनन् । कतिले आफ्ना बालबालिकाको पढाइमा खर्च गर्न पाएका छैनन् । रोजगारीका लागि विदेश जान लागेकाहरु पनि रकम सहकारीमा अड्किएर अप्ठ्यारोमा परेका छन् ।

यही कारण उनीहरुले चरणबद्ध रुपमा आन्दोलन पनि गर्दै आएका छन् । तर, सरकारले भने बचतकर्ताको रकम फिर्ता गर्ने एजेन्डा नै बनाएको छैन । उल्टै विभिन्न व्यक्तिलाई अदालतको चक्कर कटाउने मात्र काममा लागेको छ । यही कारण बचतकर्ता सरकारप्रति रुष्ट बन्दै आएका पनि छन् । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

२२ घण्टा अगाडि
एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?

एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक