बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

ओलीको चाहनाविपरीत विद्यादेवी भण्डारीको सुझाव ! 

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 mins read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे ,
देशमा फेरि एक पटक वाम एकताको विषय उठेको छ । यसको उठान गरेकी छन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले । गत सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नामक पुस्तक लोकार्पण समारोहमा उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सुझाव दिएकी हुन् । यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै भण्डारीले आगामी दिनमा थप योगदान दिनसक्ने उल्लेख गरेकी हुन् ।
यद्यपि, प्रधानमन्त्री ओली कम्युनिष्टहरुबीच एकता सम्भव नभएको भन्दै नेकपा एमालेलाई एकलकाटे बनाइरहेका छन् । अर्को ठूलो कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग त ओलीको पानी बाराबारको जस्तै अवस्था छ । प्रचण्डले त ओली रहुन्जेल एमालेसँग एकताको विषय नहुने सार्वजनिक रुपमै जनाइसकेका छन् । यस्तो अवस्थामा एमाले पार्टीमा फर्किएर सक्रिय राजनीतिमा लाग्ने सोच बनाइरहेकी भण्डारीले भने कम्युनिष्ट घटकहरुबीच एकता हुनुपर्नेमा जोड दिएकी हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलन गुट र फुटका कारण निरन्तर कमजोर हुँदै आएको छ । नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले कम्युनिस्टहरु एकत्रित हुन सकेनन् । बेलाबेलामा कम्युनिस्ट पार्टीको एकता र विभाजनका श्रृंखला चलिनै रहे, जसका कारण नेपालमा बलियो कम्युनिस्ट संस्कृतिले जरो गाड्न सकेन । पार्टी र तिनका नेताहरुले आफूलाई कम्युनिस्ट घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेन । जसका कारण कम्युनिस्ट पार्टी र तिनका नेताहरुमाथि जनविश्वास बढ्न सकेको देखिँदैन । अहिले पनि नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जस्ता दर्जनौ नाममा विभाजित छन् । अझै थुप्रै कम्युनिस्ट पार्टी छन्, जो अझै पनि संघर्षको क्रममा छन् । तर, कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ ।
कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति र आचरण अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट र ब्यवहार भ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ । विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र भ्रष्टिकरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको छ । तर, यस्तो समस्या सधैंभरि देखिँदा नेपाली कम्युनिस्ट पार्टीको धरातल अस्तित्वरक्षाकै संकटमा खस्किँदै गएको छ । कम्युनिस्ट दलबीच आफैंबीचको कलहले यी पार्टीमाथि जनताको विश्वास घट्दै गएको छ भने अन्य अप्राकृतिक गठबन्धन देखिएका छन् ।
नेताहरुका कृयाकलापका कारण  सत्तास्वार्थका लागि दलहरुले जे पनि गर्नसक्ने सन्देश जनतामा गएको छ । त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृतिक र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजवाद । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने कम्युनिस्ट पार्टीहरुबीचको एकता अत्यावश्यक देखिएको छ । यसले नेपाली कम्युनिस्ट पार्टीहरुको भविष्य पनि निर्धारण गर्नेछ ।
नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै कम्युनिष्ट दलहरु कमजोर भएका छन् । नयाँ नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् ।
त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् । देशमा वामपन्थी दलहरुबीच सहकार्य र एकताको विषय आउनु आफैंमा सकारात्मक विषय हो । विगतका वाम एकता र विभाजनका नजिरलाई समीक्षा गर्दै एकताका साथ अघि बढ्ने आँट वामपन्थी दलहरुले गर्न आवश्यक छ । यसका लागि नेताहरुले आआफ्नो व्यक्तिगत इगोलाई भने पन्छाउनुपर्ने छ । केही वर्षयता एमाले र माओवादीले पटकपटक कांग्रेससँगको ‘अप्राकृतिक गठबन्धन’ गरेका छन् । जसको आलोचना हुने गरेको छ । यस्तो गठबन्धन सफल पनि हुन सकेको छैन । देश र जनताको समस्या समाधानमा कुनै उपलब्धि नै हात पार्न सकेको छ । तर, अब आपसी लडाइँलाई पन्छाएर कम्युनिस्ट नेताहरु एक ठाउँमा उभिने हिम्मत गर्ने हो कि ? यसका लागि ओली र प्रचण्डले आफूलाई तयार गर्न आवश्यक छ । यो नै कम्युनिस्ट आन्दोलनको हितमा छ, आगे सबै बामहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

७ मिनेट अगाडि
नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !

वर्तमान नेपालका पार्टीएकता र फुटका सम्बन्धमा

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

कश्मीरमा प्रहरीको कडाइ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक