मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौं आइपुगे

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
अमेरिकाबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौं आइपुगे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू जनाउँछन् । एकजना अधिकृतले रातोपाटीसँग भने, ‘हत्कडी र चेन खोलेर अमेरिकन प्रहरीले यहाँ जिम्मा लगाएर फर्केका छन् ।

डिपोर्ट (निष्कासन) भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र चेन लगाएको जनाएका छन् । डिपोर्ट हुनेमध्ये एकजना महिलाचाहिँ व्यावसायिक उडान मार्फत काठमाडौं आइपुगेकी छन् । डोटी घर भएर अमेरिका गएकी बिनिता व्यावसायिक उडानमार्फत काठमाडौं आएकी हुन् । काठमाडौं आएपछि अध्यागमन अधिकृतहरुसँग उनले भनेकी छन्, ‘डिपोर्टको निर्णय भएपछि म स्वदेश फर्किन राजी भएको हुनाले मलाई चार्टर्ड विमानमा पठाइएन ।’ उनी टेक्ससबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् ।

चार्टर्ड विमानबाट फर्काइएका ८ जनालाई चाहिँ टेक्ससबाट न्यूयोर्क र अल्वानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो । नेपाली सवार चार्टर्ड विमान इन्धन भर्न अल्वानियमा १ घण्टा रोकिएको डिपोर्ट भएकाहरूले बताएका छन् ।

यो पनिअमेरिकाबाट डिपोर्ट भएकाहरुले नेपाल प्रहरीलाई दिए यस्तो बयानअमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टिअमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मानिष्कासित नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं अवतरण (तस्बिरहरू)

डिपोर्ट हुनेहरूमा दाङका ३ जना, रुकुम पूर्वका २ जना, रुकुम पश्चिमका २ जना, रोल्पाका १ जना र डोटीका १ जना छन् । विमानस्थल अध्यागमनमा कार्यरत एकजना अधिकृतका अनुसार सुस्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोप , कमल र दीपक डिपोर्ट भएका हुन् ।

उनीहरू लाखौँ खर्चेर अमेरिका पुगेका थिए । तर, सिमानाको पर्खाल कटेको केही बेरमा नै पक्राउ परेर हिरासतमा पुगेको खुलेको छ । बुधबार फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले जनाए । फर्काएकाहरूलाई बबरमहल स्थित ब्यूरोको कार्यालयमा ल्याएर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । उनीहरू त्यहाँ ५ देखि ९ महिनासम्म डिटेन्समा बसेको एसपी कुवरले जानकारी दिए । उनले भने, ‘मानव बेचबिखन विरुद्धको कानुन अनुसार उहाँहरू पीडित भए नभएको बारेमा सोधपुछ र परामर्श गरिरहेका छौँ ।’

काठमाडौंबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुगेको कुँवरले जनाए । उनले भने, ‘त्यहाँसम्म पुग्दा लाखौँ खर्च गरेको देखिन्छ ।’

कुँवरका अनुसार उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि १ करोडसम्म खर्च गरेका छन् । उनी भन्छन्, ‘कसैले ४० लाख, कसैले ६५ लाख पनि खर्च गरेको देखिन्छ ।’

ब्राजिलमा पुगेपछि बिचौलियाले भनेअनुसार उनीहरूले पासपोर्ट फ्याँकिदिए । त्यहाँबाट कोही विमानमा र केही सड्क मार्ग हुँदै मेक्सिको पुगेका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘ब्राजिलबाट शरणार्थी बनेर उनीहरू अमेरिका प्रवेश गरेको देखिन्छ ।’ फर्किनेहरू अधिकांश २० देखी ३५ वर्ष उमेर समूहका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले अवैध आप्रवासीहरूप्रति कडा नीति लिए । ठिक त्यसैबेला डिटेन्सनमा रहेका नेपालीलाई त्यहाँको अदालतले ‘डिपोर्ट’ गर्ने आदेश गरेको प्रहरी अधिकृतहरू जनाउँछन् ।

भन्छन्, ‘कसैविरुद्ध उजुर गर्दैनौँ’
अमेरिकाबाट फर्काएकाहरूसँग ब्यूरोका अनुसन्धान अधिकृतहरूले त्यहाँ पठाउने समूहबारे सोधपुछ गरेका छन् । तर, उनीहरूले बिचौलियाबारे जनाउन अस्वीकार गरेका छन् । उनीहरूले भनेका छन्, ‘कसैविरुद्ध पनि उजुर गर्दैनौँ ।’

केही दिनअघि अमेरिका हिँडेका युवक ११ महिनामा बिचबाटै फर्किएका थिए । ११ महिनामा उनी नाइजेरिया पुगेर फर्किएका हुन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

५ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक