सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधुवन जंगलमा लागेको आगो नियन्त्रण बाहिर

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
मधुवन जंगलमा लागेको आगो नियन्त्रण बाहिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुपन्देही । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ को बीचमा पर्ने मधुवन क्षेत्रको जंगलमा मङ्गलवारदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।

देउराली र ख्याहाको सिमानामा मङ्गलवार दिउसोदेखि लागेको आगलागी अहिले अर्गली, लघुवा र डम्बकतर्फ सर्दै गएको स्थानीय रामप्रसाद न्यौपानेले जानकारी दिए।

मङ्गलवार दिनभर स्थानीयको सार्थ नेपाली सेना, सशस्त्र र प्रहरीले पहल गरे पनि घना जंगल भएकोले नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ। लागेको डढेलो निभाउने प्रयास जारी रहे पनि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।

अहिलेसम्म जोखिममा रहेका बस्तीको वरिपरि हटाइए पनि लागो लागिरहेकाले स्थानीय त्रसित छन्। बिजुली ट्रान्सफर्मर सर्ट भएर आगो लागेको स्थानीयले जनाएका छन्।

हावाहुरी चलेको र विद्युत् ट्रान्सफर्मरबाट निस्केको आगोले जंगलमा डढेलो लागेको उनीहरूको आंकलन छ। रिब्दीकोट गाउँपालिका-२, का वडाध्यक्ष ओमप्रकाश पोखरेलले मङ्गलवार दिनभर प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको जनाए।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडकअन्तर्गत तल्लो र माथिल्लो भागमा अपराह्न १ बजेतिरबाट डढेलो सुरु भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन्।

सल्लाको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि खटिएका थिए। ख्याहाको गैरागाउँ, देउरालीको पोखरडाँडा, लघुवा, डम्बक लगायतका गाउँ डढेलोको जोखिममा रहेको स्थानीयको भनाइ छ।

खानेपानीको मुहान, ट्यांकी, विद्युत् ट्रान्सफर्मर जोगाउन सकिए पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताए। वडाध्यक्ष पोखरेलका अनुसार देउरालीको पोखरडाँडा क्षेत्र जोखिममुक्त भएको छ भने ख्याहाको गैरागाउँ, देउरालीको डम्बक र लघुवा अझै पनि जोखिममा रहेको छ।

डढेलो ख्याहाको मधुवन सामुदायिक वन र देउरालीको लेक सामुदायिक वन क्षेत्रमा लागेको हो। दुई वटा सामुदायिक वनका झण्डै १० हेक्टर डढेलोले सखाप पारिसकेको र जंगलमा अझै डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।

दमकलको सहायता लिइए पनि बाटो नभएको स्थानमा जान नसक्ने भएपछि बस्तीको छेउमा मात्रै दमकलले काम गरेको वडाध्यक्ष पोखरेलले जनाए।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

९ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक