शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली विद्यार्थी मृत्यु प्रकरणकाे छानबिन गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
नेपाली विद्यार्थी मृत्यु प्रकरणकाे छानबिन गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतको राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएको छ । ओडिसास्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी विश्वविद्यालय) मा फेब्रुअरी १६ मा लम्सालको रहस्यमयी मृत्यु भएको थियो । सो घटनासँगै नेपाली विद्यार्थीमाथि भएको आक्रमणबारे छानबिन गर्न आयोगले निर्देशन दिएको हो । प्रकृतिका आफन्तले भारतको राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले कक्षाका साथी अद्विक श्रीवास्तवबाट हैरानी खेप्नुपरेको, विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा दुई पटक उजुरी दिँदा पनि बेवास्ता गरिएको कारण लम्साल आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका छन् ।

यस्तै, न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि केआईआईटीका कर्मचारी र सुरक्षा गार्डहरूले गालीगलौज, धम्की र हातपात गरेर प्रदर्शन दबाउने प्रयास गरेको आरोप पनि उजुरीमा उल्लेख गरिएको छ । उजुरीकर्ताहरूले घटनामा संलग्न केआईआईटीका कर्मचारीसहित विश्वविद्यालयका संस्थापक अच्युत सामन्तविरुद्ध कारबाही गर्न माग गरेका छन् । उजुरीका आधारमा फेब्रुअरी २८ मा भारतको मानव अधिकार आयोगले अनुसन्धान महानिर्देशकलाई केआईआईटी विश्वविद्यालयमा तत्काल अनुसन्धान गर्न र १० मार्चभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

त्यस्तै, आयोगले घटनाको गम्भीरता हेरी कानुन विभागका रजिस्ट्रारलाई केआईआईटी विश्वविद्यालयमा प्रत्यक्ष छानबिन गर्न तीन सदस्यीय टोली गठन गर्न निर्देशन दिएको छ । उक्त टोलीमा एक वरिष्ठ प्रहरी अधिकारी, दुई अनुसन्धान अधिकृत र एक कानुनी अधिकृत रहने बताइएको छ । आयोगले छानबिन प्रतिवेदन मार्च २०२५ भित्र पेस गरिसक्नुपर्ने निर्देशन दिएको ‘द हिन्दु’ ले जनाएको छ। यता, केआईआईटी विश्वविद्यालयले भने उक्त घटनाको अनुसन्धानमा प्रहरीलाई पूर्ण सहयोग गरिरहेको दाबी गरेको छ । साथै, ४०० भन्दा बढी नेपाली विद्यार्थीहरू विश्वविद्यालयमा सुरक्षित महसुस गर्दै फर्किसकेको जनाएको छ ।

यसबाहेक, प्रकृति लम्सालको सम्झनामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गर्ने प्रतिबद्धता समेत विश्वविद्यालयले जनाएको छ ।नेपालमा पूर्वाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले केआईआईटी फर्किन नचाहने विद्यार्थीहरूको क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक