शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

निमकान्त पाण्डे

देशमा लोकतन्त्र तथा गणतन्त्र स्थापना भएको करिब दुई दशकमा राजनीतिक स्थायित्व र विकास प्राप्त हुन नसक्दा हामीले अहिले अपनाउँदै आएको संसदीय व्यवस्था असफल बनेको पटकपटक पुष्टि भएको छ । संसद्बाट एकपछि अर्को सरकार गठन हुने तर विपन्न र विभेदमा परेको वर्गका लागि कुनै काम गर्न नसक्ने, सत्ताका लागि राजनीतिक दल र नेताबीच अस्वाभाविक गठबन्धन हुने र संसद् त्यसलाई सच्याउन नसकी निरीह हुने जस्ता कारणले संसदीय व्यवस्था असफलताको दिशामा उन्मुख भएको हो ।

संसद् जनताको थलो बन्न नसकेको पछिल्लो उदाहरण हो, संसद्मा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर । संसद्बाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली संसद्प्रति उत्तरदायी हुनुपर्छ किनकि संसद् भनेको जनताले चुनेर पठाएका प्रतिनिधिको थलो हो । तर प्रधानमन्त्री ओली भने सरकारविरुद्धका प्रश्नमा प्रतिरक्षामा नभई उत्तर नै नदिने मुडमा देखिए । यो आफ्नो जवाफदेहिताबाट भाग्ने काम थियो, जुन ओली कमरेड जस्तो पुरानो नेताबाट अपेक्षा गर्न सकिँदैन । गत आइतबारको संसदमा  १० सांसदले प्रधानमन्त्री ओलीसमक्ष दर्जनौं प्रश्न राखे । तर, त्यसमध्ये केहीले जवाफ पाए भने केहीले उल्टै प्रतिप्रश्न पाए । 

स्वतन्त्र सांसद प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी हुनेको संख्या र उनीहरूको पैत्रिक सम्पत्तिको अवस्था, नेपालबाट जुन रुपमा रेमिट्यान्स भित्रिनुपर्ने हो त्यो नभित्रिएको र त्यो कतै भ्रष्टाचार र कालोधनमा प्रयोग भएको हुनसक्नेमा चिन्ता व्यक्त गर्दै साहले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा भारत भ्रमणमा जान लागेको भनेर बोलेको विषयमा पनि उनको प्रश्न थियो । यसपटक प्रधानमन्त्री बनेयता ओलीको भारत भ्रमण हुन सकेको छैन । तर, जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘उहाँका प्रश्नहरू मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा ? तपाईंलाई के लाभ भयो विदेशमा युवा पठाएर, जस्तो भाषा— कि म म्यानपावर कम्पनीको मान्छे हुँ ? अहिले म सरकारमा आएपछि, ८ महिनाबाट सुरु भएको हो ? तपाईंले भन्या ७० लाख ८ महिनामा गएका हुन् ?’ ओलीले त्यसपछि जवाफ दिन नै आवश्यक नभएको जनाएका थिए ।

प्रधानमन्त्रीले अहिले देखिएका समस्या अघिल्ला सरकारबाट सुरु भएको बताए पनि दशकौंदेखि ओली लगायत नेता नै नेपाली राजनीतिको केन्द्रमा । कहिले सत्ता त कहिले प्रतिपक्षमा । ओली स्वयं नै चार पटक प्रधानमन्त्री भइसके । त्यसैले उनलाई आफ्नो पालामा यो समस्या सुरु भएको होइन भन्ने छुट छैन । बरु आफ्नो सरकारले गरेको काम र उपलब्धिलाई राख्न सक्थे । ओलीले माओवादी नेता वर्षमान पुन र एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाको प्रश्नमा पनि त्यस्तै उत्तर दिए । ज्वालाले १६५ निर्वाचन क्षेत्र रणनीतिक सडक र पालिका अस्पताल बजेट अभावमा अलपत्र रहेको भन्दै आगामी दिनमा कसरी काम सम्पन्न गर्ने योजना छ भनेर सोधेका थिए । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सल्यानलगायत जिल्लामा आवास नभएका विषयमा पनि उनले प्रश्न गरेका थिए । तर अघिल्ला सरकारले ती कार्यक्रम रद्द गरेको ओलीले जवाफ दिए । पुनको अर्थतन्त्रमा शिथिलतासम्बन्धी प्रश्नमा ओलीले उल्टै पुनलाई अघिल्लो सरकारमा अर्थमन्त्री भएकाले उनलाई दोषी ठहर गर्ने गरी अभिव्यक्ति दिए । 

संसदीय व्यवस्थाको असफलता र राजनीतिक दलको पछिल्लो दुई दशक लामो शासन अवधिले नेपाली जनतासामु निकै प्रश्न खडा गरेको छ । दुई दशकको अवधि कुनै पनि देशको विकासका लागि पर्याप्त समय हो । तर, यसबीचमा नेपाली दलहरु भने शासनसत्ताको जोडघटाउमा नै लागिपरे । यो समस्या अहिले प्रदेशमा पनि बल्झिन थालेको छ । देशको अर्थतन्त्र संकटपूर्ण, बढ्दो बेरोजगारी, बेथिति, भ्रष्टाचार, अनियमितता र दण्डहीनताबीच पनि नेताहरु भने आफ्नै स्वार्थको केन्द्रमा भुल्दै आएका छन् । यही कारण अहिले कस्तो शासन व्यवस्था र कस्ता शासक आवश्यक भन्ने प्रश्न जनतामाझ देखिएको छ ।

 

 

निश्चय पनि लोकतान्त्रिक व्यवस्थालाई अहिलेको अवस्थामा राम्रो भनेर स्वीकार गरिए पनि त्यही व्यवस्था अवलम्बन गर्दै आएको नेपालमा भने नेताहरुको अकर्मण्यताका कारण व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । संसारका थुप्रै देशहरुले १५ देखि २० वर्षको हाराहारीमा विकासमा ठूलो फड्को मारेको उदाहरण प्रशस्त पाउन सकिन्छ । तर, विश्वका दुई ठूला देश छिमेकी, उनीहरुको बजार र थुप्रै सम्भावनाका बीच बसेर पनि नेपालले यो अवधिको सदुपयोग गर्न सकेन भन्दा कसैको दुईमत नहोला । जनयुद्ध गरेर आएको माओवादी होस् वा लामो समयदेखि सत्ताको अनुभव भएका कांग्रेस र एमाले नै किन नहोऊन्, उनीहरु यस अवधिमा सत्ताको नेतृत्वमा रहे पनि देशलाई सुशासन र विकासको अनुभूति दिलाउन असफल भएका छन् भन्दा हिच्किचाउनु पर्दैन ।

तर, नेताहरुमा अहंकार भने कम भएको छैन । उनीहरु आफू सुध्रिनेभन्दा पनि अरुलाई दोष देखाउने बाटोमा अझै लागिपरेका छन् । ६—७ दशकको अवधिमा नेपालले लगभग सबै व्यवस्था देखिसकेको छ । तर, सबै व्यवस्थामा पनि शासनसत्तामा सीमित रहेका व्यक्ति मात्रको लागि यो देश फलिफापसिद्ध भएको छ । अन्यका लागि भने त सधैं कष्टपूर्ण नै छ । अग्रगमन समृद्ध देशको परिकल्पना हो, अग्रगमनमा जनता सुखी र खुसी हुन्छन् । जनतालाई अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मौलिक हक अधिकारको रक्षासहितको समृद्धि नै नेपाली जनताले खोजेका छन् । तर, यो अवस्था कुनै पनि व्यवस्थामा प्राप्त हुन सकेको छैन । यतातर्फ नेताहरुले कहिले सोच्ने ? 

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

९ महिना अगाडि
कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

१० महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक