काठमाडौं । गोरखामा विद्युतीय बस दुर्घटनाम हुँदा एकजना यात्रुको मृत्यु भएको छ भने १४ जना यात्रु घाईते भएका छन ।
मनकामना दर्शन गरि फर्केको गाडी शहिद लखन गाउँपालिका– ९ नाम्जुङ भन्ने स्थानमा आज बिहान ११ः२५ बजे दुर्घटना भएको हो । दुर्घटनामा घाईतेहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको गोरखा प्रहरीले जानकारी दिएको छ ।