शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्ववियुको चुनावका लागि आन्तरिक तयारी सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्ववियुको चुनावका लागि आन्तरिक तयारी सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा सात नेतालाई जिम्मेवारी दिइएको छ ।

पार्टी केन्द्रले गरेको तयारी र महामन्त्री विश्वप्रकाश शर्माले तल्लो तहमा गरेको सर्कुलरलाई सञ्चार माध्यममा लान नहुने निर्देशन छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु निर्वाचनको मिति ५ चैतका लागि तोकेको छ । स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्रीहरूमा भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।

स्ववियु निर्वाचनमा पार्टीले निर्णय गरेर सक्रिय नहुने केन्द्रीय तहका नेता बताउँछन् । एक पूर्व विद्यार्थी नेता भन्छन्, ‘पार्टीले निर्णय गरेर स्ववियु निर्वाचनमा लाग्दैन । विद्यार्थी राजनीति गरेर आएकाहरूको चासो हुनु स्वभाविक हो ।’

पार्टी शीर्ष तहबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी पाएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट संयोजन गर्नेगरी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई जिम्मेवारी दिइएको छ ।

सात प्रदेशमा जिम्मेवारी पाएका नेताहरूलाई सघाउनेगरी केन्द्रीय कार्यालयबाट सात व्यक्तिलाई खटाइएको छ । प्रदेशगत तोकिएका नेताहरूले सम्बन्धित स्थानका केन्द्रीय सदस्यहरूलाई छुट्टाछुट्टै बैठक बोलाएका छन् । आइतबार कोशी र बागमतीका केन्द्रीय सदस्यहरूलाई अनौपचारिक छलफलका लागि केन्द्रीय कार्यालय बोलाइएको छ ।

महामन्त्री शर्मालाई पार्टीले यसअघि संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको बेलामा समेत पार्टीले परिचालान समितिको संयोजक तोकेको थियो । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले औपचारिक निर्णय गरेर स्ववियुको तयारीमा लागेको भने होइन ।

उनी भन्छन्, ‘नेविसंघलाई जिताउनेगरी पार्टीले अनौपचारिक कार्यहरु गरिरहेको छ । स्ववियुमा पार्टीले निर्णय गरेर लाग्ने भन्ने हुँदैन ।’

प्रदेशगत जिम्मेवारी पाएका नेताहरूले नेविसंघभित्र देखिएको विवाद मिलाउने समेत कार्य गर्नेछन् । नेविसंघमा दुई समूहको विवाद छ । सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी नेताहरूबीच भएको विवाद तल्लो तहसम्म पुगेको छ ।

महामन्त्री शर्माले स्ववियु चुनावलाई ध्यानमा राखेर पार्टीबाट आवश्यक सहजीकरण गर्नका लागि ७ प्रदेश र ७७ जिल्लामा सर्कुलर गरेका छन् । प्रदेशलाई ७ र जिल्लालाई ११ बुँदे सर्कुलर गरिएको छ । प्रदेश र जिल्ला पार्टी संरचनाले गर्नुपर्ने कार्यहरु उल्लेख गरी सर्कुलर पठाइएको छ ।

सर्कुलरमा नेविसंघलाई जिताउन पार्टीले गर्नुपर्ने आन्तरिक कार्य, भ्रातृ संस्था परिचालन, दुई दलीय संयन्त्रको बैठक, हरेक क्याम्पसमा लागि टीम निर्माण, अनुगमन, फरक फरक जिम्मेवारी लगायतका विषय समेटिएको छ ।

स्ववियु चुनावमा कांग्रेस र एमालेका विद्यार्थी संगठन मूख्य प्रतिस्पर्धी शक्ति भएकाले स्वच्छ वातावरणमा निर्वाचन गराउन भूमिका खेल्न आन्तरिक सर्कुलर गरिएको छ । सम्पूर्ण कुरा थाति राखेर चैत ५ सम्म केन्द्रीत हुनु सर्कुलर प्राप्त भएको एक जिल्ला सभापतिले जानकारी गराए ।

आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटामा चुनाव हुन सकेको थिएन । तत्कालीन समयमा नेविसंघले १३३ क्याम्पसमा जितेको दाबी गरेको छ ।

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

१६ घण्टा अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक