काठमाडौं । ‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ बनाउने भएका छन् ।
आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो । चलचित्र आगामी साउन २४ गते रिलिज गर्ने घोषणा समेत गरिएको छ । मुकेश खनालको कथा रहने चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । सेभेनसिज् प्रालिको ब्यानरमा चलचित्रलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्नेछन् ।
फिल्ममा कलाकारको लाइनअप भने फाइनल भइसकेको छैन । यही निर्माण टिमले बनाएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले ७८ करोडभन्दा माथिको व्यापार गरेको थियो ।