काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले गुड्डु पटेललाई गोली हानेर नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ।
लाल मोहम्मदको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। सर्लाहीको हरिवन नगरपालिका–२ का मोहम्मदको २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा हत्या भएको थियो।
पटेल काठमाडौंमा रहेको सूचना पाएपछि प्रहरी टोली टोखा पुगेको थियो।