काठमाडौं । इजरायल र हमास समूहबीच भएको पहिलो चरणको युद्धविराम सम्झौता आजबाट समाप्त हुँदैछ । अहिलेसम्म पनि नेपाली युवा विपिन जोशीको अवस्था अज्ञात छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले सार्वजनिक रुपमै विपिन जोशीको पछिल्लो अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् ।
यद्धपी जोशीको रिहाईको लागि पहल भने जारी राखेको उनको भनाई छ । अन्तर्राष्ट्रिय फोरममा समेत मन्त्री राणाले विपिनको रिहाईको लागि जोडदार आवाज उठाउँदै आएकी छिन् । परिवारका सदस्यहरु अहिलेपनि विपिनको सकुशुल रिहाईको लागि सरकारसँग याचना गरिरहेका छन् ।
मन्त्री राणाले समेत विपिनको रिहाई हुने विश्वा दिलाउँदै आएकी थिईन् । हिजो (शुक्रबार) जेनेभाको एउटा कार्यक्रममा सहभागी भएर फर्किएकी मन्त्री राणाले एयरपोर्टमै विपिनको पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको स्पष्ट पारिन् । यसले भने परिवारजनमा झनै पीडा थपिएको छ ।
विमानस्थलमा पत्रकाहरुसँगको कुराकानीमा मन्त्री राणाले भनेकी थिईन्–‘विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसके पनि उनको रिहाइका लागि पहल गरिराखेका छौँ । अन्तर्राष्ट्रिय जगत्बाट जोशी हमासको कब्जामा रहेको भए रिहाइ हुने आश्वासन पाएका छौँ ।’