काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वस्थ प्रतिष्पर्धा, नवीन सोच र समोवशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव हुने सुनाएका छन् ।
पोखरामा हिजो नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित ‘नेपालको आर्थिक परिवेश : नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो जनाएका हुन् ।
उनले नेपालको आर्थिक समृद्धिका लागि उद्योग, व्यापार, लगानी र उद्यमशीलताको प्रवर्द्धनमा नेपाली कांग्रेसको दृष्टिकोण र प्रतिबद्धता अझ मजबुत बनाउँदै लैजाने सुनाएका छन् । पछिल्लो समय थापाले मुलुक समृद्धिको यात्रामा लैजान सकिने विश्वास दिलाउँदै आएका छन् ।
अहिले सरकारले ल्याएका विभिन्न अध्यादेशको लागि पनि थापाले नै हस्तक्षेप बढाएका थिए । उनकै जोडबलमा ती अध्यादेश ल्याइएको चर्चा छ । अध्यादेश ल्याउन सक्रिय भूमिका खेलेका सेमन्त दाहाललगायतले कांग्रेस संसदीय दलको बैठकमा ब्रिफिङ गरेका थिए ।