काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । शुक्रबार प्राधिकरणले पहिलो ६ महिनाको हिसाव-किताव सार्वजनिक गरेको हो ।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यो अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट एक अर्ब १५ करोड र अरू निजी उत्पादक कम्पनीबाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का निम्ति ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जानकारी गराएको छ ।
सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरिरहेको छ । ७ महिनादेखि कुलमान हटाउने सरकारको योजना सफल भएको छैन् ।