काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियालुजी बुफोनोले आफू नेपाल आउन लागेको जनाएका छन्।
उनले केपी ओली कप फुटबलको चिफ गेस्टका रुपमा नेपाल आउन लागेको र त्यहाँनै सबैसँग भेट गर्ने भन्दै भिडियो सन्देश जारी गरेका छन्।
राष्ट्रिय युवा संघले बुफोनो आइतबार नेपाल आइपुग्ने जानकारी दिएको छ। केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालमा हुने छ।
उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहने छन्। बुफोनले आफु केपी ओली कपको फाइनल खेलमा उपस्थित हुने भन्दै भिडियो सन्देश पठाए।
भिडियोमा उनले भने ‘नमस्ते सबैजनालाई। जिजी बुफोन हेयर। म मार्च पहिलो साता नेपाल आउँदै छु। केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदैछु। सबैसँग त्यहाँ भेटौँला’, उनले भने।