काठमाडौं । अग्नि मोटोइंक, अग्नी ग्रुपको सहायक कम्पनीले १२५ वर्षभन्दा बढीको इतिहास भएको विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल्स प्यूजो नेपालमा ल्याएको छ।
यसले स्थानीय नयाँ युगको शुरुआत गर्दै नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्दछ।
एक विशेष शोरुम कार्यक्रममा, मिडिया प्रतिनिधिहरूलाई प्युजोको जङ्गो र स्पीडफाइट ४ मा समेटिएको टाइमलेस डिजाइन र आधुनिक प्रविधिको परिष्कृत फ्युजनको अनुभव लिन आमन्त्रित गरिएको थियो।
उक्त कार्यक्रममा संचारकर्मीलाई यी प्रतिष्ठित फ्रेन्च ब्रान्डको अल्ट्रा-प्रिमियम मोटोसाइकललाई अवलोकन र अनुभव गर्ने अवसर प्रदान गरिएको थियो।
यो १२५ सीसी मोटोसाइकल्सले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङ्गलाई समावेश गरेको छ। उत्कृष्ट शैली र परिष्कृतताले भरिपूर्ण यो मोटोसाइकल नेपाली बजारमा ने.रु.५,७१,००० (पाँच लाख एकहत्तर हजार) मा उपलब्ध हुनेछ ।
स्पीडफाइटः १५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ने.रु. ६,३२,००० (६ लाख बत्तीस हजार) मा उपलब्ध हुनेछ ।
शरद मिश्र, अग्नि मोटोइन्कका महाप्रबन्धक, भन्छन्, “प्यूजो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो। यी स्कूटर केवल साधन मात्र नभई एक जीवनशैली हुन्। हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कूटर ल्याउन पाउँदा खुशी छौं। प्यूजो मोटोसाइकल्सको नेपालमा प्रवेशले दुई पाङ्ग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गर्दछ। सुरुमा, काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा-प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन पाउनेछन्। यद्यपि, आगामी दिनहरूमा प्युजो मोटरसाइक अन्य मोडलहरूमा ल्याउनेसमेत योजनामा छौँ ।”