काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी अछाम पञ्चदेवल विनायक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३३ वर्षीय ललित बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत अछामबाट उक्त मुद्दामा २०८१ असोज १४ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।
डुबेर मृत्यु सुनसरी, १३ फागुन रामधुनी नगरपालिका-६ सिशुवा बस्ने अजित सुनुवारको छोरा ३ वर्षीय सरिन सुनुवारको घर नजिकै रहेको पैनीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ । 3 डुबेर अशक्त भएका उनको ओम साई अस्पताल झम्कामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।