मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कति खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कति खतरनाक छ चमेरामा देखिएको नयाँ कोरोना भाइरस ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोविन्द देवकोटा
  • बुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईबी) का भाइरस शोधकर्ता सी ज्याङ्लीको नेतृत्वको टोलीले गरेको अध्ययनले चमेरामा भेटिएको नयाँ भाइरस एचकेयू–५–सीओभी–२ कोरोना भाइरसको नयाँ रूप हो
  • चमेरामा मात्र नभई मानिस र समान मूलका एकै जेनेटिक गुण भएका विभिन्न स्तनधारी पशुमा पनि फैलिन सक्छ

काठमाडौं । कोरोना भाइरसको नाम सुन्नेबित्तिकै अझै पनि आममानिसमा त्रास कायमै छ । यस भाइरसका कारण लामो समयसम्म मानिस घरभित्रै बस्न बाध्य भए । कैयौंले आफन्तसमेत गुमाए भने केयौंको रोजीरोटी खोसियो ।

कोरोना भाइरसको त्यो प्रभावबाट जनजीवन अझै बाहिर निस्कन सकेको छैन । यसैबीच, चिनियाँ वैज्ञानिकको एक समूहले चमेरामा एक नयाँ कोरोना भाइरस ‘एचकेयू–५–सीओभी–२’ पत्ता लगाएका छन् । जसले मानिसलाई संक्रमित गर्न सक्छ ।

बुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईबी) का भाइरस शोधकर्ता सी ज्याङ्लीको नेतृत्वको टोलीले यसबारे अध्ययन गरेको थियो । भाइरस एचकेयू–५–सीओभी–२ कोरोना भाइरसको नयाँ रूप हो । जो पहिलो पटक हङकङमा जापानी ‘पिपिस्ट्रेल’ चमेरामा पहिचान गरिएको थियो ।

हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’ को खबरअनुसार यो नयाँ भाइरस ‘मेरबेकोभाइरस’ उपस्वरूपबाट उत्पन्न भएको हो । जसमा मध्यपूर्व श्वास सिन्ड्रोम (मर्स) का कारण बन्ने भाइरस पनि समावेश छ । सेल नामक पत्रिकामा प्रकाशित एक अध्ययनमा सी नेतृत्वको टोलीले लेखेको छ, ‘एचकेयू–५–सीओभी–२ को एक नयाँ प्रजातिहामीले पहिचान गरेका छौं । जो चमेरामा मात्र नभई मानिस र समान मूलका एकै जेनेटिक गुण भएका विभिन्न स्तनधारी पशुमा पनि फैलिन सक्छ ।’

चमेराको नमुनाबाट अलग गर्दा यो भाइरसले मानव कोषिकाका साथै कृत्रिम रूपमा विकसित अन्य कोषिकाका स–साना समूहलाई पनि संक्रमित गर्न सक्ने अध्ययनमा पाइएको छ । न्युजविकमा प्रकाशित रिपोर्टअनुसार यो नयाँ भाइरस मानिसको ‘एसीई–२ रिसेप्टर’ सँग प्रभावकारी रूपमा जोडिन सक्ने क्षमता राख्छ । प्रयोगशालामा गरिएको परीक्षणमा यो भाइरसले मानिसको कोषिका र अन्य अंगमा संक्रमण फैलाउन सफल भएको थियो । जसकारण यो खतरनाक हुन सक्ने आशंका गरिएको छ ।

एचकेयू–५–सीओभी–२ को खोजपछि चमेरामा पाइने कोरोना भाइरसको निरीक्षण गर्नु निकै आवश्यक रहेको अध्ययनकर्ताको सुझाव छ । किनकि भविष्यमा यो मानिसका लागि ठूलो खतरा बन्ने जोखिम देखिन्छ । हाल यो भाइरसबाट तत्काल कुनै ठूलो खतरा उत्पन्न हुन्छ कि हुँदैन भन्ने स्पष्ट भने भइसकेको छैन । तर अध्ययनकर्ताले सतर्क रहनुपर्ने र भविष्यमा यस्ता महामारी रोक्नका लागि तयार रहन सुझाएका छन् ।

२०१९ को अन्त्यतिरबाट फैलिएको कोभिड–१९ का कारण विश्वभर कैयौंले ज्यान गुमाएका थिए भने विश्व अर्थतन्त्र नै असन्तुलित बनेको थियो । साथै दुई वर्षसम्म लकडाउन हुँदा मानिस बाहिर निस्कन पाएनन् र कैयौंको रोजगारीसमेत गुमेको थियो ।

(एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

१ दिन अगाडि
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक