आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

द. कोरियाका राष्ट्रपति योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
द. कोरियाका राष्ट्रपति योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सियोल । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ ।

न्यायाधीशहरूले उनलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।

युनले गरेको ‘नागरिक शासन’को अल्पकालीन निलम्बन (मार्शल ल लगाउने निर्णय)ले दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा फसाएको थियो र डिसेम्बरमा संसदले उनीविरूद्ध महाभियोग लगाउँदै पदबाट हटाउने निर्णय गरेको थियो ।

विद्रोहको आरोपमा गत महिना पक्राउ परेदेखि नै ६४ वर्षीय निलम्बित राष्ट्रपति युन जेलमा छन् यसका लागि उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय समेत हुन सक्छ । उनको मुद्दा गत सातादेखि सुरु भएको थियो ।

सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उनको सुनुवाईको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उनको भाग्यको अन्तिम फैसला गर्नेछन् ।

एएफपीका एक पत्रकारका अनुसार स्थानीय समयानुसार अपराह्न २:०० बजे युनको अनुपस्थितिमा नै मुद्दाको सुनुवाइ सुरु भएको थियो । सुनुवाईका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए ।

सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो।

युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको प्रक्रियाका सन्दर्भमा विचार गर्नुपर्ने बताएका थिए ।

मङ्गलबार युनका वकीलहरूले निलम्बित राष्ट्रपति युनकोे प्रतिरक्षामा अन्तिम तर्क प्रस्तुत गर्ने अपेक्षा गरिएको छ भने संसदका प्रतिनिधिहरूलाई उहाँलाई हटाउनका लागि मुद्दा प्रस्तुत गर्न समय दिइएको छ।

अदालत बाहिर यून समर्थक प्रदर्शनकारीले ‘महाभियोग हटाउनुहोस्’ भन्दै नाराबाजी गरेका थिए ।

केहीले चिनियाँ कम्युनिस्ट पार्टी र उत्तर कोरियाको निन्दा गर्ने साइनबोर्ड राखेका थिए । युनका केही समर्थकले चीन र उत्त। कोरियामाथि बिना प्रमाण दक्षिण कोरियाली चुनावमा विपक्षीको फाइदाका लागि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

सन् २०२० को चुनावमा जो बाइडेनसँग पराजित हुँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मतदातालाई धाँधली गरेको झुटो दाबी गरेको प्रतिविम्बित गर्दै अन्यले ‘स्टप द स्टिल’ लेखिएको साइनबोर्ड बोकेका थिए ।

युनको भाग्यबारे आउने फैसला मार्चको मध्यतिर आउने अपेक्षा गरिएको छ ।

यसअघि महाभियोग लगाइएका राष्ट्रपतिहरू पार्क ग्युन हे र रोह मू ह्युनले आफ्नो भाग्यको फैसलाका लागि सुनुवाई सकिएको क्रमशः ११ र १४ दिन पर्खनुपरेको थियो।

यदि युनलाई पदबाट हटाइयो भने ६० दिनभित्र देशमा नयाँ राष्ट्रपतीय निर्वाचन हुनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

१ दिन अगाडि
द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक