शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताको जीवनयापन सहज बनाउन कांग्रेस प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
जनताको जीवनयापन सहज बनाउन कांग्रेस प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजको समुचित विकासका लागि महिलालाई पुरुषसरह अधिकार र अवसर दिनुपर्ने बताएका छन्। नेपाल मुस्लिम संघ मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले महिलाको शिक्षामा पहुँच बढाउनुपर्नेमा जोड दिए।

उनले मुस्लिम समुदायका महिलाहरूले चाहेको शिक्षा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण बनाउनु आवश्यक रहेको बताए। समाजमा रहेका विकृतिहरू हटाउँदै पार्टीलाई जनताको विश्वास जित्ने संस्थाका रूपमा स्थापित गर्न मुस्लिम संघको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उनले भने, “मुस्लिम समुदायका पुरुषहरूले शिक्षामा राम्रो प्रगति गरिरहेका छन्। महिलाहरूले पनि इच्छाअनुसार शिक्षा प्राप्त गर्न सक्ने अवसर पाउनुपर्छ। पुरुषहरू मात्र अघि बढेर हुँदैन, समाजको समग्र विकासका लागि महिला र पुरुष सँगै अघि बढ्नुपर्छ।”

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले मुस्लिम संघ स्थापनामा आफूले लिएको अग्रसरता स्मरण गर्दै यसका सबै संरचनामा महिला सहभागिता सुनिश्चित गर्न सुझाव दिए।

जनताको जीवनयापन सहज बनाउने कांग्रेसको लक्ष्य

त्यसैगरी, फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसले जनताको जीवनयापन सहज बनाउन प्रतिवद्ध रहेको बताए। अधिकार प्राप्तिका लागि जस्तै जीवन र जीविकोपार्जन सहज बनाउन कांग्रेस नेतृत्वको सरकार सक्रिय रहने उनको भनाइ थियो।

“जसरी अधिकार प्राप्तिका आन्दोलनमा कांग्रेसले नेतृत्व गर्‍यो, अब संविधानले प्रत्याभूत गरेका अधिकार सबै नागरिकले समानरूपमा उपभोग गर्न पाउने गरी आवश्यक कानूनी संरचना तयार पार्नु जरुरी छ। तीनै तहका सरकारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रत्येक नागरिकको जीवनयापन सहज बनाउन आवश्यक छ,” उनले भने।

राजनीतिक स्थिरता विकासको आधार

राजनीतिक स्थायित्वबिना आर्थिक तथा सामाजिक मुद्दा सम्बोधन हुन नसक्ने उल्लेख गर्दै सिंहले देशमा देखिएका राष्ट्रिय संकटहरूको समाधान कांग्रेसकै नेतृत्वमा सम्भव भएको बताए। “विगतमा हरेक राष्ट्रिय संकट कांग्रेसले पार लगाएको छ। अब पनि जनताको चाहना कांग्रेसले नै पूरा गर्छ,” उनले थपे।

उनले वर्तमान सरकारको प्राथमिकता आर्थिक समृद्धि र विकास भएको बताउँदै संघीय कानुनहरू निर्माण गरी प्रदेश तथा स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाइने बताए।

प्राप्त अधिकारको रक्षा आवश्यक

अधिकार सहज रूपमा प्राप्त नभएको स्मरण गराउँदै उनले हजारौं नागरिकको त्यागबाट संविधानसभाले प्रतिपादित अधिकारहरू प्राप्त भएको उल्लेख गरे।

“अधिकारहरू सजिलै प्राप्त भएका होइनन्। यदि हामी लहलहैमा लाग्यौं भने ती गुम्न सक्छन्,” उनले चेतावनी दिए। अधिकारको संरक्षणका लागि आवश्यक जिम्मेवारी पूरा गर्नु अनिवार्य रहेको भन्दै उनले प्राप्त उपलब्धिहरू संस्थागत गर्दै आर्थिक समृद्धिमा सरकार केन्द्रित रहेको बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, नेपाल मुस्लिम संघका पूर्वअध्यक्ष अब्दूल सतार, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र सिंहलगायतको उपस्थिति थियो।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक