काठमाडौं । लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा एमालेको आमसभालाई सम्बोधन गरे ।
विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछितो काढेका ओलीले दाङका मतदातालाई पनि बाँकी राखेनन् ।
बैठकको विशेष समयमा बोल्दै शर्माले प्रधानमन्त्री ओलीले आम मतदाताको अपमान गरेको आरोप लगाएकी हुन् ।
प्रधानमन्त्री ओलीको सम्बोधनमा आफ्ना पार्टीका नेता पोखरेललाई हराएर आधा न साधाका मान्छेलाई जिताएको भनेकोमा आफू आश्चर्यमा परेकोजनाइन् ।
बहुदलीय प्रतिस्पर्धामा आफूले जित्दा ठीक र अरूले जित्दा बेठीक ठान्नु लोकतन्त्र विरोधी चिन्ता रहेको शर्माले बताइन् । “निर्वाचन भनेको लोकतन्त्रमा जनताले आफ्नो मत जाहेर गर्ने माध्यम हो । यसमा जित हार स्वाभाविक हुन्छ,” शर्माले भनिन्, “आफू र आफ्नोले जित्दा ठीक र लोकतन्त्र । अरूले जित्नु बेठीक र अयोग्यता । त्यो मात्र हैन मतदाताको गल्ती ठान्नु लोकतन्त्र विरुद्धको चिन्ता हो ।”
लोकतन्त्रमा हार स्वीकार गर्न नसक्नेले जित्न पनि नसक्ने भन्दै शर्माले ओलीमाथि थप आक्रोश पोखेकी थिइन् । ओलीको भनाइ सामन्तवाद र पितृसत्तात्मक सोच भएको बताउँदै शर्माले भनिन्, “जसले लोकतन्त्रमा हार स्वीकार्दैन उ जित्न पनि सक्दैन । म उहाँको अभिव्यक्ति माथि दु:ख प्रकट गर्न चाहन्छु । खेद प्रकट गर्न चाहन्छु ।”