काठमाडौं । फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ।
काठमाडौं २३ का ५६ बर्षे श्रेष्ठको स्वस्थ्यमा समस्या देखिएपछि आज बिहान उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारबाट जानकारी पाएको प्रशिक्षक बालगोपाल महर्जन जनाए ।
धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको टोली लिएर उनी धरान गएका थिए।
हृदयघात भएपछि केही दिन धरानमै उपचार गरेर त्यसपछि काठमाडौं ल्याइएको र गंगालालमा राखेर उपचार गरिएको थियो।
स्वास्थ्यमा केही सुधार भएपछि शुक्रवार उनलाई घर फर्काइएको थियो। आजै उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने बताइएको ।
महिला यु १९ सहित मनाङ मस्र्याङ्दी, बाँसबारी क्लबलाई प्रशिक्षण दिएका श्रेष्ठका श्रीमती र २ छोरी छन्।