काठमाडौं । नेपाली कराते स्टार खेलाडी एरिका गुरुङले युएईमा के वान युथ लिग कराते प्रतियोगिता रजत पदक जितेकी छिन् ।
दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता हुँदै रजत जितेकी हुन् । १९औं एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता रहेकी एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन् ।
के वान युथ लिगमा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहको छ । एरिकाले प्रतिस्पर्धा गरेको इभेन्टमा १४ राष्ट्रका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।