काठमाडौं । फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले नयाँपुस्ताको होस्टेल र कलेज लाइफलाई चित्रण गर्छ ।
३ मिनेट रनटाइमको ट्रेलरमा कलाकारको बाक्लो उपस्थिती छ । टिकटकर पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, पदम तामाङ, समा पराजुली, हेना नगरकोटीलाई ट्रेलरमा चित्रण गरिएको छ ।
निर्देशक कँडेलको यो डेब्यु निर्देशकीय फिल्म हो, जो दुई दशकदेखि सङ्गीत र म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।



