मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँच जनालाई कुमारी सहकारीको रकम अपचलनको आरोपमा गिरफ्तार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पाँच जनालाई कुमारी सहकारीको रकम अपचलनको आरोपमा गिरफ्तार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी । गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले सहकारीका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।

बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षीय लोकबहादुर पुनलाई म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्स्पेक्टर) सागर पौडेलका अनुसार प्रहरीले गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ । यस अगाडी गएको माघ २० गते कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले २३ गते सहकारीको बेनी नगरपालिका–८ मा मा रहेको कार्यालयलाई सिल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले २० माघमा कुमारी बहुउद्देश्यीय सहकारीका पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापा, रघुगंगा गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थामबहादुर गर्बुजा, पर्वत लेख फाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्न चौरकी ४९ वर्षीय देवी कुमारी थापालाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत म्याग्दीबाट पहिलो पटक माघ २० गते तीन दिन र दोस्रो पटक माघ २३ गते पाँच दिनको म्याद थपेको प्रहरीले २७ गते तेस्रो पटक सात र चौथो पटक पनि सात दिनकै म्याद अदालतबाट थप गराएर अनुसन्धान गरी रहेको छ ।  गिरफ्तार गरिएका लोकबहादुर पुनलाई पनि माघ २० मा गिरफ्तार गरिएकै मिति अनुसार अनुसन्धान गर्दै म्याद सदर हुने गरी अनुसन्धान अगाडी बढाएको इन्स्पेक्टर पौडेलले जानकारी दिनुभयो ।

सहकारी रजिष्टार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा नै अनुसन्धान भई रहेको र सोही प्रयोजनका लागि सहकारीका सञ्चालक तथा व्यवस्थापक एवम् अरूहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसुरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले पीडितहरूबाट माग गरेअनुसार निवेदनहरू आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरूले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरिएको उहाँको भनाई छ ।

बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले सहकारी पीडितहरूले निवेदन दर्ताका लागि जाँदा लेखापढी गर्नेहरूले पीडितलाई ठगेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो–‘एउटा पानामा अलिकति शब्द लेखिएका छन् तर हजार हजार लिएको छ ।’ सहकारीमै पैसा फिर्ता हुने नहुने टुङ्गो छैन त्यस माथि पनि गाउँबाट बजार आउने भाडा, निवेदन लेख्ने वकिलले पनि त्यसैलाई मौका ठानेर रकम असुल्दा जनता मारमा परेका छन् ।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

९ घण्टा अगाडि
सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक