काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए । शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो ।
अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिए । भ्रमण रद्ध हुनुको कारणबारे भने पौडेलले केही बताएनन् । ‘सभापति भारत जाने तयारी थियो । रद्ध भएको छ,’ पौडेलले अनलाइनखबरसँग भने ।