आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

युएसएडको अनुदान कटौतीको पराकम्प: नेपाली ‘बुद्धिजीवी’ तथा ‘नेता’ को छटपटी !

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ओलीले पुष्पलाल श्रेष्ठप्रति श्रद्धा व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पूर्ण ओली

पञ्चायती ब्यबस्था भइञ्जेल प्राप्त हुने बिदेशी सहयोगको त्यति दुरुपयोग भएको थाहा भएन । त्यतिखेर बिदेशी सहयोगबाट प्राप्त सहयोगले देशको पुर्बाधार  बिकासमा धेरै ठुलो मद्दत पुगेको इतिहासमा छर्लङ्ग भइसकेको छ । किनकि त्यतिबेला प्राप्त सहयोग मित्रराष्ट्र चीन र रसीयाबाट खोलिएका अत्यन्त महत्वपूर्ण सहयोग सबै नै लिलाम गरिए बा बन्द गरिए । त्यसको कारण बल्ल नेपाली जनताले बुझ्ने अवसर पाएका छन् ।

पञ्चायती ब्यबस्था भइञ्जेल आइएनजिओको रकम कल्याणकारी परिषद मार्फत सरकारले चाहेका स्थानमा खर्च गरिने गरिन्थ्यो । अहिले आउने युएसएडको सहयोग धेरैजसो रकम कहाँ कति के काममा खर्च गरिन्छ भन्ने समेत सरकारले निगरानी गर्न पाउने रहेनछ । जब अमेरिकाका नया राष्ट्रपति ट्रम्पले संसारभर बाँडिने युएसएडको रकम बन्द गरे त्यसपछि नेपाल जस्ता गरिब र अल्पविकसित देशका बिदेशी एजेन्टहरु तिलमिलाउन थाले । अमेरिकन संसदमा त्यहाँका सांसदले नेपाललाई नास्तिक बनाउन र संबिधान निर्माणको समयमा संघियता लाद्न तथा धर्मनिरपेक्षताको लागि करोडौँ डलर खर्च गरिएको बिषय उठाए । त्यसपछि नेपालमा त्यसको चर्चा सुरु भएको छ । खासगरी २०६३ । ६४ सालमा नया संबिधान बनाउने समयमा बिदेशी चलखेल अत्यन्त बढेर गएको थियो । खासगरी माओवादीलाई शान्ति सम्झौतामा ल्याउने बहानामा दिल्लीमा नेपालका सबै दलका नेता र माओवादीलाई भेटाएर पश्चिमा र भारतको तात्कालिन सरकारको इच्छा अनुसारको सम्झौता गराइयो । त्यसमा द्वन्द्वको अर्को पक्ष राजसंस्था र सेनालाई पुरै बाहिर राखियो । त्यसपछि संसद पुनस्थापना गर्न राजा ज्ञानेन्द्रलाई बाध्य पारियो । त्यसपछि आएका गिरिजाप्रसाद सहितको एमाले माओवादीको सरकारले अमेरिका लगायत पश्चिमाको इच्छाअनुसार धर्मनिरपेक्षता तथा संघियता लादिएको थियो । यो नेपाली जनताको चाहना अनुसार भएको थिएन ।

त्यतिबेला युएसएडको सहयोगको नाममा नेपालमा खोलिएका असंख्य आइएनजिओ मार्फत अमेरिकन डलर नेता, वकिल, पत्रकार तथा बुद्धिजीवीलाई बाँडिएको कुरा अहिले बिभिन्न पत्रकार तथा बुद्धिजीवीबाट नै बाहिर आउन थाले । उक्त लाखौ डलर इसाइ करण गरि चर्च निर्माण गरिएको थियो । खासगरी माओवादी द्वन्द्वको पछिल्लो अबस्थामा माओवादीको पश्चिमासँगको समन्वय र सहयोग अघि बढ्दै गएर नेपालको सनातन देखिको वैदिक धर्म संस्कृतिलाई मासेर  जनतालाई बिभाजित गर्न नेपालमा इसाइक रण गर्नेदेखि जातीयताको नाममा राजनीति अघि बढाइएको थियो ।

त्यहि भएर माओवादी द्वन्द्वको उद्गम स्थल रोल्पा रुकुम तीर भएका हिन्दु मन्दीर तोडफोड गराइए भने गाई काटेर भोज गराइयो । अर्कोतर्फ मिसनरी केन्द्रहरु संचालन गर्नेलाई कहिँ छोइएन । गरिब र तल्लो जातका मानिसलाई लोभलालचमा पारि धर्म परिवर्तन गर्दै गाउँगाउँमा धमाधम चर्च बनाउन सुरु भयो । यो सबै पश्चिमाको योजना अनुसार नेपालका नेता तथा बुद्धिजीवीलाई प्रयोग भएको देखिन्छ ।

नेपाली नेता र बुद्धिजीवी नेपाली जनताका हितमा नीति नियम बनाएर दृढतापूर्वक पूर्वक अघि बढ्ने हिम्मत गर्ने हो भने नेपालले बिकास गर्न धेरै समय लाग्दैन । किनकि नेपालमा सबै किसिमका प्राकृतिक बनावट, मलिलो माटो, पर्याप्त जलश्रोत, पर्यटकिय क्षेत्र , सांस्कृतिक क्षेत्र , हिन्दु र बौद्धका महत्वपूर्ण तीर्थस्थल छन् ।

त्यतिखेर सरकार प्रमुख गिरिजाको प्रमुख सल्लाहकार हरी शर्मा, पुरन आचार्य समेत पश्चिमाको डलर दुरुपयोग गर्ने कार्यमा संलग्न भएको कुरा केहि दिन अघि अन्नपूर्ण मिडियामा सञ्चालन हुने कार्यक्रममा राष्ट्रवादी पत्रकार देवप्रकाश त्रिपाठीले बोल्नु भएको थियो । उक्त बिदेशी डलर धेरै नेता, पत्रकार, वकिल तथा बुद्यिजिविलाई समेत  छानि छानि दिने गरिन्थ्यो । त्यसको खासै बिरोध भएको पनि सुनिएन । किनकि हामी शक्तिशाली देशबाट प्राप्त हुने लाखौ डलरको दुरुपयोगबाट थिचिएका थियौं । त्यहि भएर धेरै यस्ता व्यक्तिहरुले नेपालको राष्ट्रियतालाई नक्कली राष्ट्रबाट , महेन्द्रीय राष्ट्रबाद भनेर खिसी टिउरी गर्नमा रमाउँछन् ।

त्यसैको प्रभाव अहिले नेपालको बिकास र भ्रष्टाचारमा देखिरहेको छ । अहिलेको सरकार संचालनमा बस्ने र बि पक्षमा बस्नेबाट पनि नेपालको भ्रष्टचार नियन्त्रण हुने र देशको बिकास हुने कुनै लक्षण देखिदैन । उनै के पि ओली सरकारको पहिलो कार्यकालमा निकै राम्रा योजनाहरु अघि बढेका थिए । कृषि मल कारखाना खोल्ने समेत कुरा अघि बढाइएको थियो । त्यो अहिले हराइसकेको छ । नेपालको बिकासमा महत्वपूर्ण भुमिका खेल्ने निजगढ अन्तराष्ट्रिय हवाइ मैदान निकै तदारुकताका साथ अघि बढ्दै थियो । अहिले सबै सामसुम छ । नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ भन्ने भाषण र कार्यक्रम केहि देखिन थालेका थिए । अहिले ती सबै दलाल ब्यापारी पोस्नेमा लगानी भएको देखिन्छ । नेपाललाई सँधै हार्दिकता पूर्वक सहयोग गर्ने उत्तरी छिमेकीका महत्वपूर्ण सहयोगलाई लत्याइँदै लगिएको छ ।

संसारले सहयोग लिएर अघि बढाइएको बिआरआइ आयोजना नेपालले सम्झौता गरेर पनि अमेरिका र भारतको दवावमा कार्यन्वयनमा लैजान सकेको छैन । चीनलाई कृषिमा मात्र सहयोगको जिम्मा दिने हो भने हामी खाद्यान्नमा आत्मनिर्भर हुन कुनै समय लाग्नेछैन । मित्रराष्ट्र रसीयाले नेपाललाई निकै महत्वपूर्ण सहयोग गर्न चाहँदा चाहँदै पनि नेपालले कुनै जवाफ दिएको छैन । यो सबै शक्तिसाली अमेरिका रिसाउँछ भनेर मात्र हो । कुनै दिन रसीयाबाट प्राप्त सहयोगले नेपालमा जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, चिनि कारखाना, पथलैया ढल्केबर सडक आदी निर्माण भएका थिए ।

हामी आफ्नो देशको बिकास , जनताको जीवनस्तर उठाउने नीति बनाउने भन्दा कसरी अमेरिका र भारतलाई खुसी पार्नेमा लाग्नु नै नेपालको दुर्भाग्य हो । उनीहरुको आफ्नै स्वार्थ छ । अमेरिका नेपाल मार्फत चीनलाई घेर्न र दवावमा राख्न चाहन्छ  । भारत नेपालमा चीनको कुनै प्रभाव नपरोस र नेपाल सिर्फ भारतको मात्र बजार होस भन्ने चाहन्छ । तर नेपालमा उत्पादित सामान भारत निकासी गर्न बाधा पुर्‍याउँछ । उसले खुला सिमाना कायम राख्नको कारण पनि उसका गुणस्तरहीन सामान खुला सिमानाबाट नेपाल छिरुन भन्ने चाहन्छ । यसबाट नेपालको अर्बौ राजस्व गुमिरहेको छ । नेपालको सुरक्षामा पनि बाधा परिरहेको छ । खुला सिमाना नियन्त्रण गर्न भारतसँग वार्ता गर्न हिम्मत गरौं ।

नेपाली नेता र बुद्धिजीवी नेपाली जनताका हितमा नीति नियम बनाएर दृढतापूर्वक पूर्वक अघि बढ्ने हिम्मत गर्ने हो भने नेपालले बिकास गर्न धेरै समय लाग्दैन । किनकि नेपालमा सबै किसिमका प्राकृतिक बनावट, मलिलो माटो, पर्याप्त जलश्रोत, पर्यटकिय क्षेत्र , सांस्कृतिक क्षेत्र , हिन्दु र बौद्धका महत्वपूर्ण तीर्थस्थल छन् । जसबाट लाखौ धार्मिक पर्यटक आउने छन् । तर सरकार अझैपनि बिरोधमा ससाना स्वरमा अल मलिएर उनीहरुलाई दबाउनुमा नै बढि उर्जा खर्च गरिरहेको छ ।

अब नेपालले के बुझ्नु पर्छ भने हामीलाई कुनै आइएनजिओ चाहिँदैन । नेपाल बनाउने सिर्फ नेपाली ले हो जसले नेपाललाई माया गर्छन र नेपालमा बसेर आफ्नो मिहेनत र सृजनशील क्षमताले परिश्रम गर्छन । कुनै विदेशीको भर पर्दैनन् । उदाहरणको लागि हामीले चीन, सिंगापुर, दक्षिण कोरिया, जापान, युएइ, आदी देशका उदाहरण लिन सकिन्छ । यी देशहरुमा आइएनजिओलाई पस्न दिइँदैन ।

भारतमा आइएनजिओलाई कडा निगरानीमा राखिन्छ । नेपालमा जस्तो कुनै हिसाब किताब नदेखाइ चर्च बनाउन र जातीय राज्य बनाउन  लाखौ डलर देशद्रोहीलाई  सुटुक्क दिइँदैन । हामीले देखेका कतिपय नेताहरु महिनाको एकपल्ट बिदेशमा यस्तै आइएनजिओको खर्चमा  सेमिनारको नाममा दौडिरहन्छन् तर नेपालको बिकासमा माखो मार्दैनन् । केहि दिन अघि बरिष्ट ब्यक्तित्व, प्रा, डा. युवराज संग्रौलाको एउटा टिभी अन्तरवार्तामा भनेको सुनेको थिएँ , जुम्लामा एक लाखको बाख्रा पालनको लागि बिभिन्न सेमिनार र भत्ता गरि २३ लाख खर्च गरिएको थियो रे !  यसरी सिमित व्यक्तिहरुले बिदेशी डलरबाट फाइदा लिइरहेका छन् भने गरिब नेपाली जनतालाई हात लाग्यो सुन्ने जस्तो भएको छ । यति कार्य रोक्न सकेमात्र अहिलेका ठुला दलको भविष्य बच्न सक्ला नत्र ८४ को चुनाउमा सफाइ हुन पनि सकिएला ? त्यसैले जनता र देशको हितमा शिघ्र ठोस कार्य गरौं कि  नेता ज्यू ! लाेक सम्वाद

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक