काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएकी छन्।
थाइल्याण्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने एक एमाले नेताले जानकारी दिएका हुन्।
‘उहाँको पुरानो समस्या ब्लड क्यान्सरको अवस्था चेकजाँच र हिपको समेत समस्या देखिएपछि जचाउन जानुभएको हो’, ती नेताले भने-‘त्यहाँबाट फर्केपछि मधेस लगायतका प्रदेशको भ्रमण गर्ने तयारी छ।’
सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी थिइन्।