सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क औषधि पाउने

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क औषधि पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । क्यान्सर पीडित बालबालिकाहरूले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन्। बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरूले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताएका हुन्। उनले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको जनाए।

उनले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने बताए। काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने उनको भनाइ छ। उनले भने, ‘हामीले चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ। यसका लागि म चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब हामीलाई थप सहज भएको छ।

डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढंगबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रुपमा वितरण गर्ने व्यवस्था मिलाउने बताए। उनले भनसुनको भरमा औषधि वितरण गर्ने नभइ सिस्सटमको आधारमा सेवा प्रवाह हुने जनाए।

उनले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब हामीलाई केही जिम्बेबारी पनि थपिएको छ। यसको गुण मेन्टेन गर्ने, डिस्टिब्युसन, रेकर्ड म्यानेजमेन्ट यी सबै कुराहरूमा मेडिसिनहरू छ यसलाई प्रपर रुपमा डिस्टिब्यूसन गर्ने। जो आवश्यक छ बालबालिकाहरूलाई कसैले भनसुन नगरीकन सिस्टमबाट प्रवाह हुने व्यवस्था यहाँहरूले मिलाउनु हुनेछ त्यो हाम्रो जिम्मेबारी हो।’ ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन ९जिपिएसिसिएम० ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ।

संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो। नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि प्राप्त गरेको थियो। बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ। विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो। नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो।

यो पनि पढ्नुहोस्

क्यान्सर लागेकाहरूलाई विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै किष्ट अस्पताल

क्यान्सर लागेकाहरूलाई विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै किष्ट अस्पताल

५ दिन अगाडि
निपाह भाइरसको जोखिमका सम्बन्धमा आतङ्कित नहुन अनुरोध

निपाह भाइरसको जोखिमका सम्बन्धमा आतङ्कित नहुन अनुरोध

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक