एजेन्सी । हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने जनाएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले अनुमति दिने बदलामा थप बन्धकलाई यो हप्ता रिहा गर्न लागेको हो ।
इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ बन्धकलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।
नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने जनाएको छ ।
हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गर्ने पुष्टि गरेको जनाइएको छ ।