वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएपछि विश्वविद्यालय प्रशासनले प्रभावित विद्यार्थीहरूको यात्रासम्बन्धी खर्च बेहोर्ने निर्णय गरेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्र मन्त्री आरजु राणाले शैक्षिक संस्थाका पदाधिकारीहरूसँग गरेको छलफलपछि उक्त निर्णय भएको हो । छात्रावास छोडेर नेपाल गएका विद्यार्थीहरूको नेपाल फर्कने टिकट खर्च विश्वविद्यालयले नै व्यहोर्ने तथा परीक्षामा छुट भएका विद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन गरिने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ ।


