काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १०.५३ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ४९ हजार रुपैयाँ नाफा कमाएको हो ।
यसअवधिमा ४ करोड १५ लाख २१ हजार रुपैयाँ लगानी र कर्जा शीर्षमा भएको छ । कमिसनबाट हुने आम्दानी ८२.१७ प्रतिशतले बढेर ११ करोड ८२ लाख पुगेको कम्पनीले जनाएको छ ।