सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू पीडितको परिवारसँग भेटेका छन् ।
दलित समुदाय माथि दिनानुदिन हिंसा बढिरहेको प्रति पूर्वगृह राज्यमन्त्री अन्सारीले जिल्लाको सिडिओ एसपी र कसैसँग दबाब र प्रलोभनमा नपर्न पीडित परिवार र समुदायलाई आग्रह गरेका थिए ।
उनले भने, “हामी ४ दल र नागरिकसमाज स्थलगत निरीक्षण गरी गाउँका मान्छे र पीडित परिवारका सदस्यहरुसँग सत्य र तथ्य बुझ्दा घटनाका प्रवुति हेर्दा सामूहिक बलात्कार भएको देखिन्छ, घटनालाई लुकाउन र दोषीहरुले सजायबाट जोगिनका लागि हत्या गरेको जस्तो देखिन्छ । रिंकुको साथमा जे अन्याय भएको छ, बलात्कार भएको छ त्यसको दोषीलाई कानूनको दायरामा ल्याउन र कडाभन्दा कडा सजाय दिलाउन सम्बन्धित निकाय प्रहरीले कुनै कसर बाँकी राखे हामी सडकमा आन्दोलन गर्न बाध्य हुन्छौं ।’
उनले गृह मन्त्रालयका निकायलाई नजिकबाट नै हेर्ने मौका पाएकाले प्रहरीले यथाशक्य ढिलोचाँडो पनि अभियुक्तहरूलाई प्रहरीले कानूनको दायरामा ल्याउन सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल मानव अधिकार आयोगको २०८० को प्रतिवेदन अनुसार, दलित समुदाय विरुद्धको हिंसा पछिल्लो ३ वर्षमा ४०% ले बढेको देखिन्छ । यस्तो अवस्थामा, संविधानले गरिएको जातीय भेदभाव विरुद्धको कानूनको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको छ ।
पीडित परिवारलाई भेट्न मधेश प्रदेश सरकारको पूर्वगृह संचार तथा कानून मन्त्री तथा मधेश प्रदेश सभा सदस्य विमला अन्सारीले जुन घटना रिंकुको साथमा भयो त्यो आफुले महसुस गरिरहेको जनाएकी छन् । ‘यी कुराहरूको पीडा आफुले महिला भएकोले बुझ्न मात्रै सक्दिनँ महसुस पनि गर्न सकिरहेको छु । किनकि मेरो पनि छोरी छन् ।’
‘ कुनै पनि जातिको भएपनि छोरी त छोरी हो नि ?’ उनले यो कुरा आफुले प्रदेशको सदनमा राख्ने जिकिर गरिन । अब संघर्ष त्यहीँबाट गर्ने गर्ने पीडित परिवारलाई ढुक्क हुन आश्वासन समेत दिएकी थिइन् ।
केही दिन अगाडि सर्लाहीको सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे भएपछि पदीय दुरुपयोग गरि बहालबाला गृह मन्त्रीको निर्देशनमा नै प्रहरी महनिरीक्षकले डिएसपी र प्रहरी हवल्दार नै खटाएर पक्राउ गर्नेसम्मको हैसियत राख्ने प्रहरीले अहिलेसम्म रिंकुको घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म सिरहा प्रहरीले पक्राउ गर्न नसक्नुलाई प्रहरीको जिम्मेवारी माथी प्रश्न चिन्ह खडा भएको वहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवानले आक्रोश व्यक्त गरे ।
उनले मंगलबार पीडित परिवारलाई भेट्न गएको बेला राति परेपछि पनि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी विष्णु प्रसाद सोतीलाई प्रत्यक्ष भेटेर नै यो घटनालाई गम्भीर रूपमा हेर्न आग्रह गरेका थिए ।
साथै उनले यस्ता घटनाहरू हुनु भनेको सम्पूर्ण दलित समुदाय माथिको हिंसा रहेको बताएका थिए । समयमा नै पीडितले न्याय नपाए सडक देखि सदनसम्म अवरुद्ध हुने उल्लेख गरेका छन् ।
बहुजन एकता पार्टी नेपालको अध्यक्ष हरिनन्दन अम्बेडकर, प्रकाश मेहरा केन्द्रिय सह महासचिव, नेपाल जनजागृती पार्टीको अध्यक्ष धुर्वलाल प्रसाद सहनी निषाद र महासचिव भुजेन्द्र पसाद सहनी नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले सबैले एकमुष्ट पीडित परिवारको साथमा आफुहरू जति बेला पनि कुनै ठाउँमा उभिन तयार रहेको बताएका छन् ।
घटना घटिसकेपछी दलित अभियन्ता राम सुफल सदाले घटनाको कुनै संचार माध्यममा नआएपछि आफ्नो फेसबूकमा पत्रकारहरूलाई आग्रह गरेपछि मात्रै घटना स्थानीय देखि राष्ट्रिय स्तरको संचार माध्यममा आएपछि बाहिरिएको थियो । तर उनले अहिले प्रहरी र राजनीतिकर्मी माथी आक्रोश पोख्दै लेखेका छन्, “चुनावको बेला भोट माग्न भोटरको खेत खलियान , माइत र ससुराली सम्म पुग्ने नेताहरुको राजनीतिक पार्टीहरुले रिन्कु सदायको मृत्यु प्रकरणमा छानबिनको लागि माङ नगर्नुलाइ के भन्ने ? अहिलेसम्म रिन्कु सदाय मृत्यु प्रकरणमा एक जनालाइ पनि सोधपुछको लागि इलाका प्रहरी कार्यालय लहानले बोलाउन सकेको छैन ।”
उनले जिज्ञासा् गर्दै लेखेका छन् ‘घटनाका दोषीहरू फरार रहेका छन् भने यता उल्टै भगवतीपुर मुसहरी टोल पुरुष बिहिन बनेका छन् । गवाही दिने डरले पुरुषहरू आफैं भागेका रहेछन् । यो समुदायले न्याय कसरी पाउलान् ?’
घटना यसरी भएको थियो ।
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरिरहेका छन् । उनले बलात्कारको घटना दबाउन भन्दै रकमको बार्गेनिङ भएको पुष्टि गरेका हुन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

३ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक