बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खाद्य उत्पादनमा प्रयोग हुने ‘रेड ३ रङ’लाई प्रतिबन्ध लगाए

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
खाद्य उत्पादनमा प्रयोग हुने ‘रेड ३ रङ’लाई प्रतिबन्ध लगाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले जनावरहरूमा क्यान्सर गराउने प्रमाण भेटिएपछि खाद्य उत्पादनमा प्रयोग हुने ‘रेड ३ रङ’लाई प्रतिबन्ध लगाएको छ, जुन अनुसार सन् २०२७ सम्म खाद्य पदार्थहरूबाट तथा सन् २०२८ सम्म औषधिबाट यो रङ हटाउनु पर्नेछ। रेड ३ (जसलाई एरिथ्रोसिन पनि भनिन्छ), जुन विभिन्न क्यान्डी, खोकीको सिरप, बेकरी उत्पादन र फ्रोजन मिठाइहरुमा प्रयोग हुने गर्दछ।

सेन्ट लुइसमा आधारित खाद्य रङ र स्वाद आपूर्तिकर्ता- सेन्सियन्ट फुड कलर्सका अनुसार, जो कृत्रिम रङहरू पेट्रोलियमबाट बनाइने रासायनिक पदार्थ हुन्, जुन प्राकृतिक रूपमा पाइँदैनन्। यी रंङहरू खाद्य उत्पादनहरूलाई आकर्षक बनाउन प्रयोग गरिन्छन्। उपभोक्ता अधिकार समूह जस्ता संस्थाहरूले रेड ३ लाई खाद्य उत्पादनहरूबाट हटाउन लामो समयदेखि माग गर्दै आएका थिए। यो रङ करिब एक दशकअघि कस्मेटिक्समा प्रतिबन्धित गरिएको थियो, तर खाद्य पदार्थ र औषधिमा अनुमति दिइएको थियो।

कृत्रिम रङहरूले बालबालिकामा व्यवहारजन्य समस्या, जस्तै अधिक चञ्चलता र आवेगपूर्ण व्यवहार निम्त्याउन सक्छन्। विशेषगरी, एडीएचडी भएका बालबालिकामा यसको असर बढी देखिन्छ। ओहायो स्टेट युनिभर्सिटीका मनोचिकित्सा प्राध्यापक डा. एल यूजिन अर्नोल्ड भन्छन्, ‘कृत्रिम रंगहरू एडीएचडीको प्रमुख कारण होइनन्, तर केही अवस्थाहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।’ एफडीएका वैज्ञानिकहरूका अनुसार धेरैजसो बालबालिकामा यी रंगहरूको कुनै असर हुँदैन, तर केही बालबालिकामा नकारात्मक प्रतिक्रिया देखिन सक्छ।

अमेरिकामा कृत्रिम रङहरू हटाउने अभियानले गति लिँदैछ। सन् २०२३ मा क्यालिफोर्निया पहिलो राज्य बन्यो, जसले विद्यालको खानामा छ वटा कृत्रिम रङहरूमाथि प्रतिबन्ध लगायो। यस वर्ष बन्देज लगाउने सम्बन्धी कानुन प्रस्ताव गर्ने तयारीमा करिब एक दर्जन राज्यहरू छन्। अक्टोबरमा, उपभोक्ता अधिकारकर्मीहरूले एप्पल ज्याक र फ्रुट लूप्स जस्ता सिरियलहरूबाट कृत्रिम रंग हटाउन डब्लुके केलोग कम्पनी माथि दबाब दिएका थिए।

हालै अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिवमा नियुक्त भएका रोबर्ट एफ. केनेडी जुनियरले खाद्य उत्पादनबाट कृत्रिम रङहरू हटाउने प्रतिबद्धता जनाएका छन्।

‘जब मैले भनें कि रातो रंगले क्यान्सर गराउँछ, मलाई षड्यन्त्र सिद्धान्तवादी भनियो,’ उनले आफ्नो पुष्टि सुनुवाइमा भने, ‘अब एफडीएले नै त्यसलाई स्वीकार गरेर प्रतिबन्ध लगाएको छ।’

प्राकृतिक रंगहरूको विकल्प के छन्?
धेरै खाद्य कम्पनीहरूले रेड ३ हटाएर प्राकृतिक विकल्पहरू प्रयोग गर्न थालेका छन् जस्तै चुकन्दरको रस, कर्मिन(कीराबाट बनाइने रंग )सखरखण्डा, मुला र रातो बन्दागोभीबाट निकालिएको रंग जस्ता प्राकृतिक विकल्पहरू।

मेघान स्किडमोर, सेन्सियन्टकी प्रवक्ता भन्छिन्, यो जटिल छ। प्राकृतिक रंगहरू तापक्रम, एसिडिक स्तर जस्ता तत्वहरूसँग अस्थिर हुन सक्छन्, जसका कारण तिनलाई प्रयोग गर्न चुनौतीपूर्ण हुन सक्छ।

यसरी कृत्रिम रंगहरूबाट जोगिन सकिन्छ?
कृत्रिम रंगहरू धेरै खाद्य उत्पादनमा प्रयोग हुने भएकाले कुन चाहिँ खानेकुरामा छैन भनेर छुट्टाउन गाह्रो हुन सक्छ।

डा. अर्नोल्डका अनुसार, सबै भन्दा राम्रो र सजिलो उपाय भनेको सामग्री सूची ध्यानपूर्वक पढ्नु हो।

‘यदि सूची यति लामो छ कि पढ्न झन्झटिलो छ र तपाईंले उच्चारण गर्न नसक्ने तत्वहरू छन् भने, त्यस्तो उत्पादन नकिन्नुहोस्,’ उनले भने।

यो पनि पढ्नुहोस्

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

१ घण्टा अगाडि
इरान र अमेरिकाको वार्ता निर्णायक

इरान र अमेरिकाको वार्ता निर्णायक

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक