काठमाडौं । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जनाए ।
तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले बताए । ‘संकास्पद अवस्थामा शव फेला परेको छ । हामीले सोधपुछ गर्दैछौं’ एसएसपी अधिकारीले अनलाइखबरसँग भने । मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।