बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वडाध्यक्ष बलबहादुर गुरुङलाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
वडाध्यक्ष बलबहादुर गुरुङलाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । वडा सचिवमाथ आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ ।

आफ्नै वडाका सचिव नवीन भुसाललाई घाँटी ङ्याक्दै झापड हानेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए ।

गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

‘कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ,’ उनले भने ।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङ सचिवमाथि ज्यानै मार्ने धम्कीसहित आक्रमणमा उत्रिएको अरोप पीडितको छ । घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

पीडित भुसालले आफूलाई घाँटीमा थिचेर झ्याम/झ्याम झापड हानेको र हतियार नै लिएर आउँछु भनेर निस्किएपछि आफू भागेर प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गरेको बताएका थिए ।

भुसालमाथि आक्रमण भएर घाँटी र गालामा निलडाम भएको थियो भने स्वासप्रश्वासमा समेत समस्या भएपछि बन्दीपुर अस्पतालबाट चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो ।

कर्मचारीहरुले कारबाही नगरेसम्म सेवा नै ठप्प पार्ने बताएका थिए भने मंगलबार देशका विभन्न पालिकाहरुमा हातमा कालोपट्टी बाँधेर घटनाको विरोध गरिरहेका छन् ।

दोषीमाथि कारबाही गरेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कर्मचारीको माग थियो । कर्मचारीसँग सम्बन्धित संघसंगठनहरूले पनि दाषीमाथि कारबाही गर्न माग गरेका थिए ।

पक्राउ परेका वडाध्यक्षले भने सोमबार नै खुलेआम सचिवमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस्

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

१६ मिनेट अगाडि
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कृषिउपजको थोक मूल्य निर्धारण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था

मतदाताका घरघरमा मत माग्न पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक