आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारसँग खोटाङ हलेसीको आगो निभाउन दमकल मागे

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
सरकारसँग खोटाङ हलेसीको आगो निभाउन दमकल मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खोटाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले खोटाङ हलेसीको आगो निभाउन सरकारसँग दमकल मागेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयका अनुसार आइतबार बेलुकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ स्थित हलेसी बजारमा भीषण आगलागी भयो । पदमसे राईको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर सुरु भएको आगो समयमा निभाउन नसक्दा राईको पुजा स्टोर, हार्डवेयर पसल र सोही घरमा रहेको निर्धन उथ्थान लघुवित्त संस्थाको कार्यालय जलेर पूर्ण रूपमा नष्ट भयो ।

उनका अनुसार, आइराख राईको न्यु कल्याण होटल, पक्की घर र सँगै रहेको काठको घरसमेत जलेर नष्ट भयो । हलेसी दर्शन होटल र सँगै जोडिएको घर, परुहान होटलमा पनि क्षति पुग्यो ।

स्थानीय युवा, समाजसेवी, जनप्रतिनिधि र सुरक्षाकर्मीको अथक प्रयासका बाबजुद पानी हाल्ने दमकल नहुँदा ठूलो धनमालको क्षति हुन पुगेको सांसद बजिमयले जनाइन् । ‘खोटाङ हलेसीमा दमकलको अति आवश्यकता छ । म सम्माननीय सभामुखमार्फत् सरकारसँग माग गर्न चाहन्छु, खोटाङ हलेसीमा दमकल चाहियो ।’

स्थानीय तहको बजेटले नभ्याउने भन्दै उनले दमकल उपलब्ध गराइदिन र हलेसीको आगोले क्षति पुगेकालाई क्षतिपूर्तिको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिन् ।

धनकुटाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका अर्का सदस्य रामकुमार राइले पनि हलेसीको आगलागीबारे सरकारको ध्यानाकर्षण गराए । आगलागीबाट हलेसीमा सात करोड ३० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्दै उनले भने, ‘सरकारले जति सक्दा चाँडो दमकल उपलब्ध गराओस् ।’ सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद अशोककुमार चौधरीले हलेसीको आगलागीबाट केही नागरिकले सम्पूर्ण सम्पत्ति गुमाउन पुगेको जनाए । उनले पनि क्षतिपूर्ति र राहतका लागि संघीय सरकारसँग आग्रह गरे ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

२६ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक