आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘कांग्रेस–एमालेको शासनकालमा बेथिति र भ्रष्टाचारले सीमा नाघिसक्यो’

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
‘कांग्रेस–एमालेको शासनकालमा बेथिति र भ्रष्टाचारले सीमा नाघिसक्यो’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको बताएका छन् ।
रौतहट जिल्लाको कनकपुरमा क्षेत्र नं. ३ को क्षेत्रीय भेलामा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपाली जनताले कांग्रेस र एमालेहरूको शासन ५० वर्षदेखि भोग्दै आएको र ५० वर्षमा यिनीहरूको शासनमा मुलुकले बेरोजगारी भ्रष्टाचार असमानता बेथिति अन्याय र अत्याचार भोगिरहेको जिकिर गरेका छन् ।
‘नेपाली जनताको सपना दिगो शान्ति समानता समाजिक न्याय र सबैको नेपाल बनाउने सपना अधुरो नै रहेको छ,’ उनले भने, ‘उत्पीडित जनताको नाममा खोलिएका पार्टीहरू र खासगरीकन मधेशी जनताको नाममा खुलेका राजनीतिक दलहरुले पनि पटक–पटक मधेशका जनता र नेपालको उत्पीडित जनतालाई धोका दिइरहेको अवस्था सबैको अगाडि जगजाहेर छ । यस्तो हालतमा यो मुलुकलाई सही दिशा दिनका लागि नेपाली जनताका सबै सपनाहरु साकार गर्नका लागि यो मुलुकमा दिगो शान्ति समृद्धि सुशासन र जनताका चाहना अनुसारको संविधान निर्माण गर्नका लागि हामीले अब उत्पीडित जनताको नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।’
जनताको चाहना सुशासन समानता समाजिक न्याय स्वाधीनता र आत्मनिर्भर नेपालको निर्माण गर्ने सपनालाई साकार गर्नका लागि र देशमा रोजगारको व्यवस्था गर्नका लागि किसानहरूको समस्यालाई समाधान गर्नका लागि महिलाहरूको हक अधिकारलाई सुरक्षित गर्नका लागि या देशको उत्पीडितहरु दलित, मुस्लिम, मधेशी, थारु, आदिवासी जनजाति र निषाद समुदाय लगायत र वर्गीय उत्पीडनमा परेका जनताहरूको सपनालाई पूरा गर्नका लागि अब नेपाल संघीय समाजवादी पार्टीको संगठन जिल्लाका देशका प्रत्येक जिल्लामा नगरमा गाउँमा वार्डमा टोलमा निर्माण गर्नुपर्ने उनले बताए ।
अध्यक्ष अन्सारीले भने, ‘अब हाम्रो देशमा पुरानै मानसिकताको आधारमा नयाँ नेपालको निर्माण सम्भव छैन । नयाँ नेपाल र नयाँ मधेशको निर्माण गर्नका लागि अब नयाँ शक्ति, नयाँ पार्टी, नयाँ नेता, नयाँ मोर्चाले मात्रै यो कुराहरु सम्भव देखिएको छ । पुरानाहरुलाई हामीले पचासौं वर्ष पटक–पटक सरकारमा पुर्याएर देखिसकेका छौं । त्यसकारणले अब म सम्पूर्ण यो क्षेत्रका पार्टीका पंक्तिका साथीहरुलाई भन्न चाहन्छु कि तपाईहरु अब जनताको पक्षमा लड्न, जनता र शहीदहरूको सपनालाई साकार गर्नका लागि नेपाल संघीय समाजवादी पार्टीको संगठन जनजागरण अभियानलाई तीव्रताका साथ अगाडि बढाउनुस् ।’
जनतामा आइपरेका दैनिक समस्याहरु, उनीहरुमाथि भइरहेको अन्याय, अत्याचार, शोषण र दमन को सामना गर्दै उत्पीडित जनताको पक्षमा दृढताका साथ उभिन र संघर्ष गर्न पनि उनले निर्देशन दिए ।
भेलामा मधेश प्रदेशका पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीले मधेश प्रदेशको सरकार मधेशी जनताको चाहना र आवश्यकताअनुसार चल्न नसकेको र मधेश प्रदेश सरकारको असक्षमताको कारणले संघीयता नै बदनाम हुन लागेको बताइन् ।
मधेश सरकारले मधेशभित्र रहेका मुस्लिम, थारु र दलित समुदायलाई बेवास्ता गरेको आरोप लगाउँदै उनले भनिन्, ‘मुस्लिम, थारु र दलितहरूलाई मधेशको मूल प्रवाहमा ल्याउनका लागि सरकारले कुनै ठोस योजना बनाइरहेको देखिएन । अहिले मधेस सरकारले खासगरी मुस्लिमहरूलाई शिक्षाको मूलधारमा जोड्नका लागि मदरसा विधेयक पारित गर्नुपर्छ ।’
उनले भनिन्, ‘उर्दु विश्वविद्यालयको स्थापना गर्नुपर्ने र मुस्लिमहरूको भाषा उर्दु भाषा र थारु भाषालाई अहिले भाषा विधेयक आउँदाखेरि सरकारले पुरै बेवास्ता गरेर उसले आफ्नो दृष्टिकोण अस्पष्ट पारेको छ कि यो सरकार मुस्लिम दलित र थारु विरोधी सरकार हो ।’
भेलाद्वारा कलिमुल्लाको संयोजकत्वमा १९ सदस्यीय क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३ को गठन गरिएको छ । भेलामा उत्साहजनक सहभागिता देखिएको थियो ।
भेलामा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य मैनुद्दिन, शेख नजिबुल्ला, क्षेत्रीय संयोजक कलिमुल्लाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

२ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक