काठमाडौं । अमेरिकाले नेपाललाई दिंदै आएको थप दुई शीर्षकको सहयोग बजेट कटौती गरेको छ । गएराति एक सूचना जारी गर्दै अमेरिकी सरकारको सरकारी दक्षता विभागले वित्तिय सङ्घीयता र जैविक विविधता संरक्षण शीर्षकमा दिँदै आएको सहयोग कटौती गरेको हो ।
विभागले एक्स मार्फत दिएको जानकारी अनुसार नेपालका लागि वित्तिय सङ्घीयता शीर्षकमा २० मिलियन र जैविक विविधता संरक्षण शीर्षकमा १९ मिलियन अमेरिकी डलर सहयोग कटौती गरेको उल्लेख छ ।
आजको विनिमयदरका हिसाबले उक्त रकम नेपाली रुपैयाँ ५ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ हाराहारी हुन्छ । विभागले नेपाललाई जस्तै अन्य १७ मुलुकमा अमेरिकी सरकारले दिँदै आएको सहयोग कटौती गरेको जनाएको छ ।