काठमाडौं । संसद् भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संसद् भवनको गेटभित्रै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका उनीहरूलाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरू प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पक्राउ गरिएको बताइएको छ ।