शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभु साहका ८ प्रश्न, प्रधानमन्त्रीले दिएनन् जवाफ

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ओली पदमा बसिरहने कुनै नैतिकता छैन : प्रभु साह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आज प्रतिनिधिसभामा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाे थियो । दश जना सांसदले प्रश्न सोधेका थिए । अन्तिम प्रश्नकर्ता थिए– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह । जसले संसद्‌मा आफ्ना प्रश्नको जवाफ पाउन सकेनन् ।

आफ्नो पालामा साहले प्रश्नहरू राखे । जवाफ दिन सभामुखले भनेपछि प्रधानमन्त्री ओलीले जवाफ दिन आवश्यक नरहेको भन्दै उल्टै प्रतिप्रश्न गरे ।

‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजन समेत रहेका छन्,’ ओलीले प्रतिप्रश्न गरे, ‘संसद जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि तपाईंलाई के लाभ भयो ?’

‘विदेश पठाएर जस्ता भाषा’ प्रयोग गरेको भन्दै ओलीले प्रश्न गरे, ‘म मेनपावर कम्पनीको मान्छे हो ?’

सांसद साहले सोधेका थिए, ‘झण्डै ७० लाख भन्दा बढि नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौताअनुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्यान्स आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब आउने संभावना छ । मेरो प्रश्न छ– हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?’

यही प्रश्नमा ओलीले आपत्ति जनाएका हुन् ।

प्रश्नकर्ता सांसद साहलाई ओलीले सोधे, ‘यो म सरकारमा आएपछिको आठ महिनामा भएको हो ? तपाईंले भनेको ७० लाख ८ महिनामा विदेश गएका हुन ?’

आफ्नो प्रश्नको जवाफ दिनुको साटो प्रतिप्रश्न गरेपछि प्रश्नकर्ता सांसदले उठेर विरोध गरे । तर, सभामुखले आफूले पहिले नै प्रधानमन्त्रीलाई प्रतिप्रश्न सांसदले गर्न नपाउने भनेर निर्देशन जारी गरिसकेको स्मरण गराए ।

‘यस (प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा) दोहोरो बहस छलफल हुँदैन भन्ने कुरा भनिसकेको छु । त्यसकारण तपाईं आशनग्रहण गर्नुस्’ सभामुखले रुलिङ गरे ।

सभामुखको रुलिङपछि साह बसे र प्रधानमन्त्री ओली अगाडि बढे ।

‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा जवाफ दिइरहनुपर्ने छैन । सबैको उत्तर आफैंले बोकेर आउनुभएको छ प्रश्नमा । त्यसकारण मैले धेरै उत्तर दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ,’ प्रधानमन्त्री ओलीले भने । अर्थात, साहको प्रश्नमा प्रधानमन्त्री ओलीले कुनै जवाफ दिएनन् ।

प्रधनमन्त्रीले विषय नै उल्लेख गर्दै आपत्ति जनाएको साहको प्रश्न नम्बर दुई थियो । जसमा झण्डै ७० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारमा रहेको र संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ? भन्ने थियो ।

साहको पहिलो प्रश्नमा खुलेआम अवैध बाटोबाटसम्पत्तिहरू विदेश लैजादा रोक्न नसकेको भनेर प्रश्न गरेका थिए ।

उनको प्रश्न थियो– नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ ? उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अवैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?’

साहको दोस्रो प्रश्नमा प्रधानमन्त्रीले विषय नै उल्लेख गरेर आपत्ति जनाए ।

तेस्रो प्रश्नमा उनले नेपाली मजदूरलाई दासता र नरकीय जीवनमा धकेल्ने काम भइरहेको बताएका थिए ।

‘वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन् । किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईहरूले के कति लाभ पाउनुभएको हो ?’ साहको प्रश्न थियो ।

चौथो प्रश्न राजश्व संकलनसँग सम्बन्धित थियो । जहाँ भनिएको थियो, ‘नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ। ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३०% हुन आउँछ। यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उभो लाग्छ ?’

साहको पाचौं प्रश्न प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित थियो । उनले सोधेका थिए, ‘तपाईंले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन? प्रष्ट पारिदिन अनुरोध गर्दछु ।’

छैठौं प्रश्न अध्यादेशबारे थियो ।

‘यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता–सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?’ साहको प्रश्न थियो ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१५ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

देशभरका तीन हजार ४८६ उम्मेदवारले मनोनयन पत्र दर्ता

१८ घण्टा अगाडि

सातौं प्रश्न राजमार्गबारे थियो ।

‘संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ?’ उनले सोधेका थिए, ‘अहिले ती सडक–यात्राको क्रममा जनताको आन्द्रा–भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?’

आठौं प्रश्न सुरक्षित आवासबारे थियो ।

‘आवासविहीनहरूलाई घर बनाउन ’सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ?’ साहले प्रश्न गरे ।

तर, प्रधानमन्त्रीले प्रश्नको भाषामै प्रश्न उठाए । कुनै पनि प्रश्नको जवाफ दिएनन् ।

आफूले प्रश्नको जवाफ नपाएपछि साहले प्रधानमन्त्रीबाटै प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउने काम भएको प्रतिक्रिया दिएका छन् ।

‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ । आज यी प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपथ्र्यो । उहाँले संसद्को अपमान गर्नुभयो,’ बैठकपछि साहले पत्रकारहरूसँग भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक