ललितपुर । अन्तराष्ट्रियजगतमा ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सले अपाङ्गता भएका व्यक्तिहरूको लागि आज च्यारिटी कन्सर्ट प्रस्तुत गरिने भएको छ ।
ललितपुरको झम्सिखेल अवस्थित मोक्ष ज्ञान मण्डलामा आज राति ६ बजेदेखि ९ बजेसम्म हुने च्यारिटी कन्सर्टको आयोजक टुुगेदर फोर नेपाल रहेको छ ।
सो कार्यक्रममा विकास श्रेष्ठ (बेश गितार), नितेन राना (र्डम्स), सुरोजल र सरनिल महर्जन (धिमे, खिँ, भुस्या) बजाउने कार्यक्रममा अषेश डंगोलले गितार तथा भाेकलका साथमा सांगितिक प्रस्तुतिका साथै उनकै रिंगराेडपारी मेराे बाजेकाे घर छ र गाउँबाटै घरबाटै नयाँ गीत प्रस्तुत गरिने छ ।
कार्यक्रमको उद्घाटनमा प्रेशानी भट्टराई एण्ड डिजएबल सर्भिस टिमले सांगितिक प्रस्तुुत गरिने छ । साे कार्यक्रम प्रेवश शुल्क एक हजार टाेकिएकाे छ ।
अपांगता व्यक्तिहरु हेरचाह गर्न संस्थाहरु डिजएबल सर्भिस सेन्टर बालाजुु र ब्राइट स्टार सोसाइटी, बाग बजारलाई सहयाेगार्थ कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे हाे ।