काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको पनि मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङको शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
उनी कीर्तिपुर बर्न अस्पतालमाउपचारत रहेका थिए । विस्फोटमा घाइते भएका ११ जना मध्ये २ जनाको यसअघिनै उपचारका क्रममा मृत्युभएको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।
आठ जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।