बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायलमा नेपाली मूलका बैंकरले बाले मैनबत्ती

बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
इजरायलमा नेपाली मूलका बैंकरले बाले मैनबत्ती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इजरायल  ।  न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

गत मंगलबार इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले अपहरण गरेका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे।

नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही  ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।”

रिजालले थपे, हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्। उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।”

रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।”

आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनि उभिनुपर्छ। हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैं अन्धकारलाई जितोस्। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूका परिवारजनले धैर्य र शक्ति प्राप्त गरून्,” आफ्नो मन्तव्यमा रिजालले भने।

रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसंगै बसेका र काम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरण सुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए।
उनीहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिपिन जोशीप्रति थप ध्यान दिनुपर्ने माग पनि गरे। अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने
केही घाइते भएका थिए। नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका बिपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

११ घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक