काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ५ सय ग्राम सहित सर्लाही विष्णु गाउँपालिका-४ मधुवनगोठ बस्ने ४५ वर्षीय सुधिर कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, मिक्लाजुङ गाउँपालिका-९ भण्डारी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय क्यापसुल र स्पास्पेन ७ सय क्याप्सुल सहित सोही गाउँपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ बेलडाँगी घर भएका २० वर्षीय पवन विश्चकर्मा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले को.४ प ४९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बुद्धचोकस्थित चन्द्रसुर्य होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २० किलोग्राम र मोबाइल ७ थान सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय दिपक तामाङ, ३६ वर्षीय सुन बहादुर तामाङ, ३१ वर्षीय नक्कल बहादुर तामाङ र ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ८ सय ६० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-७ भामचौर बस्ने ४६ वर्षीय घोडे धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।