काठमाडौं । बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको फुटेको पाइपको मर्मत सकिएको छ।
नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार पाइप फुटेको थियो।
उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।
पौडेलका अनुसार अहिले पाइप परीक्षण गर्न थालिएको छ। परीक्षण सकिनासाथ पानी वितरण प्रक्रिया सुरु गरिने छ।