काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले आफूहरूलाई विधिको शासन नसिकाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।
आफ्नो पार्टीका नेताहरू थुनामा हुँदा कहिल्यै पनि अदालतकै अगाडि नारा लगाउने र प्रदर्शन गर्नेजस्ता कार्य आफ्नो पार्टीबाट नभएको उनको भनाइ थियो ।
‘हाम्रो पार्टीको नेता थुनामा हुँदा हामीले कहिल्यै अदालतको अगाडि नारा लगाएनौं । कहिल्यै विरोध प्रदर्शन गरेनौं । कहिले वकिललाई पिट्न गएनौं,’ उनले भने, ‘तर आज कतिपय लोकप्रिय पार्टीले अदालतको अगाडि नारा, जुलुस गराएका छन् । वकिललाई पनि पिट्न सिकाएका छन् । त्यसैले विधिको शासनको बारेमा हामीलाई कसैले नसिकाओस् ।’