काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छन् ।
अर्को सातादेखि सुरु हुन लागेको इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी बुधबार नेपाल फर्किएकी हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाहकाअनुसार उनी एअर अरेबियाको फ्लाइटबाट काठमाडौं आइपुगेकी हुन् । उनी व्यवसायिक फुटबल खेल्न ग्रीस पुगेकी थिइन् ।
अञ्जिलाले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन् । उनले अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन् । फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबनानले सहभागिता जनाउने छ ।
नेपालले यहि फागुन ५ गते किर्गिस्तानसित खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।