आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अब वकिल बन्न चाहने व्यक्तिले लाइसेन्स लिनुअघि बार काउन्सिलबाट तालिम लिनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अब वकिल बन्न चाहने व्यक्तिले लाइसेन्स लिनुअघि बार काउन्सिलबाट तालिम लिनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल बार काउन्सिलले तोकेको मापदण्ड अनुसार विश्वविद्यालयहरूले पाठ्यक्रम नबनाए अब वकिल बन्न चाहने व्यक्तिले लाइसेन्स लिनुअघि बार काउन्सिलबाट तालिम लिनुपर्ने भएको छ।

नेपाल कानुन व्यवसायी परिषद सम्बन्धी विधेयकमा राष्ट्रिय सभाको विधायन समितिले यस्तो व्यवस्था राखिदिएको हो। सरकारले विश्वविद्यालयहरूको पाठ्यक्रमसम्बन्धी मापदण्ड निर्धारण नै काउन्सिलले गर्ने गरी विधेयक ल्याएको थियो। तर समितिले उक्त व्यवस्था परिमार्जन गर्दै तीन थरी व्यवस्था गरेको हो। पहिलो, समितिले बार काउन्सिलले निर्धारण गरेको पाठ्यक्रमको आधारभूत मापदण्ड अनुसार अध्ययन गरेका विद्यार्थीले सिधै बार काउन्सिलको परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

दोस्रो, यदि कुनै विश्वविद्यालयले आधारभूत पाठ्यक्रमको मापदण्ड पूरा नगरेको भए त्यस्तो विद्यार्थीले बार काउन्सिलमा आधारभूत तालिम लिनुपर्नेछ। यस्तो तालिमपछि मात्र सो व्यक्तिले वकिल बन्ने लाइसेन्सको जाँच दिन पाउनेछ। यो व्यवस्थाले विदेशमा कानुन अध्ययन गरेका विद्यार्थीहरूलाई सहज हुने सरकारको अपेक्षा छ।

‘विदेशमा कानुन पढेका व्यक्तिहरूले नेपालको कानुनी व्यवस्था पढेका हुँदैनन्। अब उनीहरूले नेपालमा आएर आधारभूत तालिम लिएर जाँच दिने बाटो खुल्छ,’ कानुन मन्त्रालयका उपसचिव प्रकाश न्यौपानेले भने, ‘विधेयकमा परिषद् मातहत लयर्स एकेडेमीको व्यवस्था छ। उसले तालिम दिने लगायतका काम गर्न सक्छ।’ यस्तो तालिमको अवधि कति हुने भन्ने निर्क्यौल भने परिषद्ले नै गर्नेछ। तीन महिना जति तालिम दिनुपर्ने प्रस्ताव सांसदहरूले गरेका छन्।

तेस्रो, समितिले यदि कुनै विश्वविद्यालयका विद्यार्थीले आधारभूत तालिम नलिए वा विश्वविद्यालयले मापदण्ड अनुसार पठनपाठन नगराए त्यस्ता विद्यार्थीलाई वकिलको लाइसेन्सको परीक्षामा सहभागी हुन नदिने व्यवस्था गरिदिएको छ। सरकारले परिषद्लाई बलियो र विश्वविद्यालयलाई कमजोर बनाउने गरी शैक्षिक संस्थाको पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने अधिकार दिने गरी विधेयक ल्याएको थियो। तर सांसदहरूले विश्वविद्यालयहरूको स्वायत्ततामा प्रभाव पर्न सक्ने भन्दै यो व्यवस्थाबारे छलफल अघि बढाएका थिए।

समितिले विधेयकमार्फत् वरिष्ठ अधिवक्ता बन्न १५ वर्ष वकालत गरेको अनुभव हुनुपर्ने व्यवस्था गरिदिएको छ। हाल सर्वोच्च अदालतले यस्तो मापदण्ड निर्धारण गर्दै आएको छ। पहिलो पटक कानुनमा नै वरिष्ठ अधिवक्ता बन्न चाहिने योग्यता निर्धारण गरिएको हो। त्यस्तै कानुनको क्षेत्रमा लामो अध्ययन र अनुसन्धान गरेको वा कुनै विषयमा विशेषज्ञता हासिल गरेको भए पनि वरिष्ठ अधिवक्ता बन्न पाउने व्यवस्था विधेयकमा गरिएको छ।

समितिले पारित गरेको विधेयक अब राष्ट्रिय सभाको बैठकबाट पास भएर प्रतिनिधि सभामा जानेछ। प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभालाई जानकारी गराएपछि विधेयक कानुन बन्नेछ।

यो पनि पढ्नुहोस्

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

१८ घण्टा अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक