घ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताए । जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै उनले प्रश्नसमेत गरे । ‘इजरायल र हमासबीचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे ।
दुईपक्षबीच शान्ती सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशी को अत्तोपत्तो छैन । यसबारे सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ?,’ उनले भने । ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
साे आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।